धितोपत्र बजारमा शेयर कारोबार मङ्गलबार मात्रै हुने
आर्थिक परिवेश

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । शुक्रबार कारोबार बन्द हुने रशनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबार समेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भए…

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि
आर्थिक परिवेश

काठमाडौं । चालु आर्थिक बर्षको प्रथम चौमास सकिंदा मंसीर १ गते साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको कारोवार सूचक दोहोरो अंकले वढेको भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार बजारको रकम पनि बढेको छ । बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा पुगेको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ । बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर १ अर्ब ७१ करोड ५४ लाख १९ हजार रुपैयामा बराबरको…

मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी मात्रै योग्य
आर्थिक परिवेश

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनीहरु मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएको हो । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत् तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको शेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो । नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ । सार्वजनिक सूचीअनुसार…

तीव्र उतारचढाब पछि कारोबार रकम बढेर २ अर्ब माथि
आर्थिक परिवेश

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर तीव्र उतारचढाब देखिएको बजार परिसूचक नेप्से अन्तिममा ६.४३ अंक (०.३३ प्रतिशत) को सामान्य गिरावट भएर बन्द भएको छ । सोमबार व्यापार, लगानी, जीवन बीमा, अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक १.२१ प्रतिशतले गिरावट भएको छ । गत साता लगातार तीन दिन बढेर बिहीबार भने घटेको नेप्से आइतबार २.२५ प्रतिशतले वृद्धि भएको थियो । तिहार अगाडि १८५९.४९ अंकमा बन्द भएको नेप्से २० कात्तिक आइतबार १९६५.३६ अंकमा पुगेको थियो । एक सातामा १०० अंक भन्दा माथिले नेप्सेमा वृद्धि…

सेयर बजार लगातार तीन दिन बढयो, १ अर्ब ४६ करोड ७९ लाखको कारोबार
आर्थिक परिवेश

काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजारको परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको छ। सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ । बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक…