सरकारको नीति तथा कार्यक्रम मङ्गलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश हुने
आर्थिक परिवेश३१ बैशाख, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ । सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरूप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको छ । सरकारको नीति तथा कार्यक्रम…
दैलेखमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम शुरू
आर्थिक परिवेश२४ बैशाख, दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिकाकाे जलजलेमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम आइतवारबाट शुरू भएकाे छ । अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नु भएकाे छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उद्याेग मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेछ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा…
याेजना आयाेगले राष्ट्रिय विकास परिषद्को बैठकमा पेश गरयाे १६ औँ याेजनाकाे मस्याैदा
आर्थिक परिवेश१३ बैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनु भएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको आज काठमाडाैंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताउनु भएको हो । “पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।” आर्थिक समृद्धिको सम्वाहकका रूपमा…
निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश०४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्य बाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको छ प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।…
औद्योगिक क्रान्तिका लागि व्यवसायिक शिक्षाकाे आवश्यकतामा विज्ञहरूकाे जाेड
आर्थिक परिवेश४ वैशाख, काठमाडौँ । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्ति बारेकाे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने वारेमा नै थाहा नभएकाले नेपाल विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताउनु भयाे । उहाँले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै व्यवसायिक शिक्षाकाे आवश्यकता रहेकाेमा समेत जोड दिनुभयाे । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज…