काठमाडौंलाई सांस्कृतिक शहरकाे रूपमा विकास गर्ने नीति तथा कार्यक्रम पारित
आर्थिक परिवेश

८ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष  २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । ‘सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएकाे  थियाे । नगरसभा सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाउनु भएकाे थियाे  । यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई…

राष्ट्रिय योजना आयोगले पूर्णता पायाे
आर्थिक परिवेश

२१ जेठ,काठमाण्डौं ।  राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतवार पद तथा गोपनियताको सपथ लिए सँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गर्नु भएको थियो । यसअघि आयोगको सदस्यहरु डा.रामकुमार फुयाँल, डा.जयकान्त राउत, डा.प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसक्नु भएको छ ।  

पुँजीगत खर्च बढाउने बजेटकाे मुख्य उद्देश्य : अर्थमन्त्री महत
आर्थिक परिवेश

१६ जेठ, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले  पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री डा महतले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च नियन्त्रण गर्ने स्पष्ट मार्गचित्र सहित वार्षिक बजेट ल्याइएको दाबी गर्नुभयो । “यो बजेटको मुख्य पक्ष भनेको पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनु हो । यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौ”, अर्थमन्त्री डा महतले भन्नुभयो । अनिवार्य दायित्वका साधारण खर्च र सामाजिक सुरक्षाको दायित्वलाई कम गर्न नसकिने उहाँको भनाइ छ ।…

केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन्छन् : प्रधानमन्त्री
आर्थिक परिवेश

१३ जेठ, काठमाडौं ।   प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ,…

प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम
आर्थिक परिवेश

११जेठ,काठमाडौं ।  प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी विषयमा सहयाेग पुरयाउने उद्देश्यले अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरिएकाे छ । विश्व विद्यालयहरुमा अध्ययन अनुसन्धानको अभावमा उच्च शिक्षा क्षेत्रमा पठनपाठन प्रभावकारी हुन नसकेको गुनासो विभिन्न पक्षबाट आइरहेको अवस्थामा काठमाडौको चावहिलमा अवस्थित पशुपति बहुमुखी क्याम्पसले प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरेको हाे। विश्व विद्यालय अनुदान आयोगको सहयोगमा पशुपति बहुमुखी क्याम्पसले आयोजना गरेको ५ दिने तालिममा पशुपति बहुमुखी क्याम्पस तथा त्यस वरपरका विभिन्न १० सामुदायिक क्याम्पसहरुका प्राध्यापकहरु गरी ५० जनाको सहभागिता रहेको छ । अनुसन्धानात्मक तालिमको शुभारम्भ गर्दै त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा चित्रबहादुर बुढाथोकीले…