लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब नियुक्ति
आर्थिक परिवेश२० साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गरेकाे छ । मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्यसताे जानकारी गराउनु भएकाे हाे । बुधवारकाे मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णयहरू गरेकाे छ । निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता मन्त्री पाेखरेलले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनु भयाे । त्यस्तै, पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय पनि भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३…
घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
आर्थिक परिवेश१४ साउन, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका…
सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न राष्ट्रपतिकाे अपिल
आर्थिक परिवेश१४ साउन,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो –“यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।” राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य…
सरकारले विभिन्न नौ वटा विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दियाे
आर्थिक परिवेश१३ साउन, काठमाडौँ । सरकारले विभिन्न नौ वटा विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने)सम्बन्धी विधेयक, आन्तरिक…
नेपालबाट भारतले १६५० मेगावाट विद्युत लैजाने
आर्थिक परिवेश३१ असार, काठमाण्डाै । ढल्केवर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता उल्लेखनीयरूपमा बढ्ने भएको छ। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार तथा विद्युत् व्यापार बढाउने निर्णय गरेको हो। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार पोखरामा सम्पन्न बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता बढाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार संयुक्त प्राविधिक टोलीको अध्ययनका आधारमा ढल्केवर-मुजफ्फरपुर र प्रस्तावित ढल्केवर-सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता आयाततर्फ हालको एक हजार मेगावाटबाट १ हजार चार सय…