पूर्व राष्ट्रपति विद्या भण्डारीकाे एमालेमा पुनरागमन, देश र जनताको हित नै मुल लक्ष्य भएकाे घोषणा
आर्थिक परिवेश

१४  असार, काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारीले अब पुनः एमालेमा रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनद्वारा  काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो घोषणा गर्नुभएको हो । मदन भण्डारीको ७४औँ जन्म जयन्ती, अवसरमा अायाेजित  कार्यक्रममा पूर्व राष्ट्रपति  भण्डारीले ”फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ अाफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनु भयाे। अब नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य…

सरकारको १ वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी भएको एमालेकाे मूल्याङ्कन
आर्थिक परिवेश

११ असार, काठमाडौँ ।    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको १ वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो । एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनुलगायत काम थप उपलब्धिका विषय भएको निचोड निकालेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाेड्न आदेश
आर्थिक परिवेश

११ असार,काठमाडौँ ।    विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उहाँविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले  जानकारी दिनुभयो । उ हाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।” न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो । आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनुभएपछि अपराह्नदेखि उहाँसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गर्नुभएको थियो । नेपालका तर्फबाट…

अध्यागमन सुधारका लागि तत्कालै कामअघि बढाउन गृहमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

 ०९ असार, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिनुभएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावनी मन्त्री लेखकले दिनुभएको बताउनुभयो । “गलत तरिकाबाट मान्छे गएको थाहा पाए त्यो बेला कार्यरत कर्मचारी कारबाहीको भागीदार हुनेछ”, मन्त्री लेखकको भनाइ उदृत गर्दै प्रवक्ता तिवारीले भन्नुभयो, “शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।” मन्त्री लेखकले अध्यागमन सुधारका लागि विगतको प्रतिवेदनका सुझाव…

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूको बैठक
आर्थिक परिवेश

०४ असार, काठमाडौँ । समसामियक विषयमा छलपफल गर्न सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको काम, बजेट कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, परराष्ट्र मन्त्री  डा.आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कालगायत सहभागी हुनुहुन्छ ।