प्रधानमन्त्री शाह र सातै प्रदेशका मुख्यमन्त्रीहरू बीच समसामयिक विषयमा छलफल
आर्थिक परिवेश

 ०३ बैशाख   काठमाडौँ ।    प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज मुख्यमन्त्रीहरूसँग गर्नुभएको छलफलमा विकास निर्माणलाई तीव्रता दिने, स्रोत साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै छलफलमा सङ्घीयता कार्यान्वयनलाई अझ प्रभाकारी बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ । यस्तै बाग्मति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्रीको मुख्यमन्त्रीहरू बीच भएको छलफलमा तीन तहको सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वका साथ अघि बढ्नेबारे छलफल भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले प्रदेशका गौरवका योजनाहरूलाई संघ र…

प्रधानमन्त्री बालेन्द्र शाह १०० प्रभावशाली व्यक्तिको सूचीमा
आर्थिक परिवेश

०३ बैशाख, काठमाडौँ ।   प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ का लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उहाँको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ । प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ ।

सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन मन्त्रिपरिषद् बैठकका निर्णयहरु
आर्थिक परिवेश

२ वैशाख, काठमाडौं ।     सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । बुधवारकाे  मन्त्रिपरिषद्काे बैठकले   २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएकाे छ । बेपत्ता…

सरकारले नेपाल प्रथम नेपाली प्रथम नीति अवलम्बन गर्ने
आर्थिक परिवेश

०१ बैशाख, काठमाडौँ ।   सरकारले नेपालको परराष्ट्र नीतिमा व्यापक फेरबदल गर्दै अबदेखि ‘नेपाल प्रथमः नेपाली प्रथम’को नीति अवलम्बन गर्ने घोषणा गरेको छ । सरकारको पछिल्लो प्राथमिकताको दस्तावेजमा अबको सम्पूर्ण कुटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’को अवधारणा रहने उल्लेख गरिएको छ । यस नीतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वार्थलाई विश्वमञ्चमा सबैभन्दा माथि राख्ने लक्ष्य लिएको छ । बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज बनाउने सरकारले नेपाललाई दुई शक्तिशाली छिमेकी मुलुककाबिचमा रहेको केवल बफर स्टेटको रूपमा मात्र सीमित नराखी, एक गतिशील पुलको रूपमा रूपान्तरण गर्ने योजना बनाएको छ । यसका लागि छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कुटनीति…

सरकारले राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरयाे
आर्थिक परिवेश

  ०१ बैशाख,काठमाडौँ । नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो । यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ । सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ “सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका छ वटा राजनीतिक दलहरूका घोषणापत्र/वाचापत्र/प्रतिबद्धतापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा उपर सम्बन्धित…