अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

आर्थिक परिवेश

३ फागुन काठमाडाै‌ ‌।    बेलुन पड्‌किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनु भएकाे  छ ।

पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते हुनु भएकाे हाे  ।

भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ ।

घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।  घाइते दुवै जनालार्इ हेलिकप्टरबाट काठमाडाै‌ ल्याउने तयारी भएकाे छ ।

मा प्रकाशित