चार ठूला सडकहरुमा बजेट अभावका कारण निर्माण कार्य रोकियाे
आर्थिक परिवेश

१२ फागुन, काठमाडाैं ।  सरकारले पूजीगत खर्च कम भएकाे भनिरहँदा तीन जिल्लाका चार ठूला सडकहरुमा बजेट अभावका कारण निर्माण कार्य रोकिएको छ । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन । चार सडकलाई चालू आर्थिक वर्षमा एक…

त्रिविकाे उपकुलपतिमा प्रा .डा. बराल नियुक्त, वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयनमा जाेड
आर्थिक परिवेश

१० फागुन, काठमाडौँ ।  देशकाे जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । नवनियुक्त उपकुलपति बरालले   बिहिवार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो । “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको…

सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित छ : राष्ट्र बैंक
आर्थिक परिवेश

०८ फागुन, काठमाडाैं  ।   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार एक प्रेस विज्ञप्ती प्रकाशित गरी बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी…

स्राेत सिमितले तय गरयाे बजेटकाे सिलिड. १५ गते भित्र मन्त्रालय र अन्य निकायमा पठाउने तयारी
आर्थिक परिवेश

०७ फागुन,काठमाडौं  ।    राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको सुरुवाती विनियोजन भन्दा  ५० अर्ब र अर्धवार्षिक समीक्षापछिको खर्चको अनुमान भन्दा  दुई खर्ब ७० अर्ब ठूलो आकारको खर्चको सीमा निर्धारण गरिएको हो ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसक्ने विद्यमान परिस्थितिमा आगामी आवका लागि  १८ खर्बको स्रोत कहाँबाट जुट्छ र खर्च कसरी हुन्छ भन्नेमा प्रश्न छ । सरकारले चालु आर्थिक वर्षका लागि  १७ खर्ब ५१ अर्ब ३१ करोड ५१ लाख बराबरको बजेट विनियोजन भएको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत स्रोत र…

मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिवहरूसहित १५ जनाविरुद्ध मुद्दा दायर
आर्थिक परिवेश

०६ फागुन, काठमाडौ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले पूर्व सचिव सञ्जय शर्माविरुद्ध  छ करोड ९७ लाख ८३ हजार एक सय ७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायविरुद्ध चार करोड ११ लाख ३४ हजार दुई सय ७९ बराबरको बिगो दाबी गरिएको छ । खानेपानी…