संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा
आर्थिक परिवेश

३० चैत्र, काठमाडौ।    नेपाल सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले बिहिवार सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको देखिएको छ । प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८/७९ मा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ थप भएको उल्लेख छ । यो वर्ष ६ हजार ५ सय ४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षक टङ्कमणि शर्माले बताउनुभयो । यस वर्ष बेरुजु प्रतिशत १.६८ प्रतिशत देखिएको छ । महालेखापरीक्षकको कार्यालयमा…

अर्थतन्त्र सुधार गर्न निजी क्षेत्र र सरकारबीच बलियो एकता आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश

२८चैत्र, काठमाडौ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरकारबीच बलियो एकता आवश्यक भएकाे बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभालाई म‌गलवार काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री  दाहालले आफूले निजी क्षेत्रको समस्या राम्ररी बुझेको भन्नुहुँदै  संकटोउन्मुख अर्थतन्त्रलाई सहज अवस्थामा ल्याउने  विषयमा  छलफल गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको धारणा राख्नुभयो…

बैङ्क ऋण लिने तर तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन : प्रधानमन्त्री
आर्थिक परिवेश

२७ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ। अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले सिंहदरबारमा साेमवार बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताउनुभयो । बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ। बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।” “विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल…

मुलुकको अर्थतन्त्रमा सुधारकाे संकेत देखिएको छ प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

२७ चैत्र काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएको दावी गर्नु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्ष्ेत्र सकारात्मक, राजश्व संकलनमा वृद्धि, पूँजीगत खर्चमा सुधार देखिएको बताउनुभयो । अर्थतन्त्रमा केही सुधार देखिएपनि ट्रयाकमा भने आईनसकेको प्रधानमन्त्री  दाहालले उल्लेख गर्नु भयाे  । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कम्तिमा १० महिनालाई पुग्नेगरी विदेशी विनिमय सञ्चिती रहेको छ । पछिल्लो समय उल्लेख्य रुपमा राजश्व संकलन हुन थालेको छ । बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हु“दा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भईरहेको छ, ।’ अर्थतन्त्रका…

अर्थतन्त्र अप्ठेरो परेको बेलामा जोगाउने सहकारी हाे : केपी ओली
आर्थिक परिवेश

२५ चैत्र, काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताउनु भयो । ‘अहिले सहकारी जति बदनामी भएको छ, अब बदनामी हुन नपायोस्’, भन्दै उहाँले कृषि क्षेत्रमा बढी जनसंख्या आश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मूलुक आत्मनिर्भर हुन नसेको उल्लेख गर्नु भयो । ठूला बैंक,व्यापारी,उद्योगी समस्यामा भएकाले सानापुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको…