चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु
आर्थिक परिवेश

०५ फागुन, काठमाडौं ।  स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उहाँले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सतहत्तर वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उहाँको भनाइ थियो । मन्त्री महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गर्नुभयो । “लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ…

आयात घटाउने तथा निर्यात बढाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी छ : राष्ट्रपति
आर्थिक परिवेश

०४ फागुन, काभ्रेपलाञ्चोक ।  राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलान्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा  व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यहाँका उद्यमीहरू कृषि कार्यप्रतिको आकर्षण तथा रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायमा लागेको बताउनुभयो । उहाँले कृषिजन्य व्यवसायमा व्यापकता अभिवृद्धिमा  यस महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण…

स्रोत समितिले ताेक्याे बजेटकाे सिलिड.१८ खर्ब
आर्थिक परिवेश

०४ फागुन, काठमाडौं ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनु भएको छ । मन्त्रालयमा शुक्रवार अायाेजित पत्रकार सम्मेलनमा उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको हो । मन्त्री डा महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पार्नुभयो । बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो । साथै उहाँले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै…

चालु आर्थिक वर्षमा लक्ष्यको ७५ प्रतिशत सम्म राजस्व उठने अनुमान : आन्तरिक राजस्व विभाग
आर्थिक परिवेश

०३ फागुन, काठमाडौँ ।  चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने सम्वद्ध सरकारी निकायहरूले बताएका   छन् । अर्थ समितिको आजको बैठकमा भएको छलफलमा आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षमा लक्ष्यको अधिकतम ८० प्रतिशतसम्म र भन्सार विभागले ७५ प्रतिशतसम्म राजस्व उठ्ने आँकलन गरेको जानकारी गराएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेकोमा मध्यावधि समीक्षामा राजस्व १२ खर्ब दुई अर्ब मात्रै उठ्ने आँकलन गरिएको छ । बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले आयकर गत वर्षको तुलनामा बढेको कारण आर्थिक क्रियाकलापमा क्रमशः सुधारको सङ्केत देखिएको बताउनुभयो । बैठकमा सांसदहरुले राजस्व चुहावट र कर…

६ महिनामा चालु बजेटको ३२ दशमलव ७५ प्रतिशत मात्र खर्च, विकासे मन्त्रालयहरुकाे खर्चको स्थिति दयनीय
आर्थिक परिवेश

०१ फागुन,काठमाडौं ।  चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधि पुषमसान्तसम्ममा सरकारको बजेट खर्च निकै न्यून प्रतिशतमा  भएको देखिएको छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैया मात्र खर्च भएको छ । यो खर्च कूल विनियोजनको ३२ दशमलव ७५ प्रतिशत मात्र हो । यसलाई चालु, पूँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वर्गीकरण गर्दा ३८ दशमलव ८० प्रतिशत, १६ दशमलव ७० प्रतिशत र २६ दशमलव ०६ प्रतिशत खर्च भएको देखिन्छ । हालसम्मको बजेट खर्चको अवस्था हेर्दा विकास बजेट धेरै छुट्याइएका मन्त्रालयहरु…