राष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्यका आधारमा छनाैट गर्नु पर्छ :अध्यक्ष तिमिल्सिना
आर्थिक परिवेश०२ जेठ, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्य पुष्टि गर्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा छलफल गर्न मंगलवार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले व्यक्तिगत स्वार्थमा आयोजना चयन गर्ने प्रवृत्तिको अन्त्य गर्दै गौरबको आयोजना भएको पुष्टि हुने गरि आयोजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो मन्त्री ज्वालाले सडक पूर्वाधारलाई व्यवस्थित गर्न सडक ऐन तर्जुमाको कार्य अगाडी बढाएको जानकारी दिनुभयो । मन्त्री ज्वालाले वर्षायाममा सडक…
औद्योगिकीकरण बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव हुँदैन : मन्त्री रिजाल
आर्थिक परिवेश०२ जेठ,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । मंगलबार मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटन गर्दै मन्त्री रिजालले लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक श्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य थप प्रभावकारी रूपमा हुन आवश्यक रहेको बताउदै मन्त्री रिजालले औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नरहने बताउनु भयो । औद्योगिकरणको विकास तथा प्रवर्द्धनका…
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश१ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उहाँले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताउनुभयो । “बजेटले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिनेछ । यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जानेछ”, उहाँले भन्नुभयो । अर्थतन्त्रका…
विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री
आर्थिक परिवेश३० वैशाख, काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताउनुभएको हो । “अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्”, उहाँले भन्नुभयो । अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उहाँको भनाइ छ । “अर्थ…
मौद्रिक नीतिलाई समीक्षा मार्फत लचिलाे पारी बैंकदर एक प्रतिशतले घटाइयाे
आर्थिक परिवेश२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत् राख्दै विद्यमान बैङ्क दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्तर्गतका अन्य दरलाई भने यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकले जनाएको छ । “मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुरयाउने…