एसियाली विकास बैङ्कले १३ अर्ब ३३ करोड बराबर सहुलियतपूर्ण ऋण दिने
आर्थिक परिवेश

०८मंसिर,काठमाडौँ ।  सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबि) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा  आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैङ्कको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । “सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनः संरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ”, । सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरूमार्फत सार्वजनिक वित्त…

सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई सम्मान गर्दै कर सप्ताह सम्पन्न
आर्थिक परिवेश

७ मंसिर, काठमाडौं ।  सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९÷८०मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्रिलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रमका बीच सम्मान गर्नु भएको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय…

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न परियोजना प्रतिवेदन (डिपिआर) तयार
आर्थिक परिवेश

०६ मंंसिर, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उहाँले बताउनुभयो । “सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको हो ।” डिपिआरमा सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर…

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको प्रबलीकरण सम्पन्न प्रधानमन्त्रीले गर्नु भयाे उद्घाटन (भिडियो)
आर्थिक परिवेश

०६ मंसिर, काठमाडौँ ।  २०७२ सालकाे विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण रेक्टाेफिटिड. गरी  सम्पन्न  भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले बुधवार सो कार्यालयको उद्घाटन गर्दै नयाँ कार्यालयबाट कार्य प्रारम्भ गर्नु भएकाे छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु ।” एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको…

मुलुककाे आर्थिक अवस्थाका वारेमा प्नधानमन्त्रीबाट निजी क्षेत्र र दलहरूसँग छलफल
आर्थिक परिवेश

०५ मंसिर,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  नेपालको आर्थिक अवस्था र चुनाैतिहरूका वारेमा मंगलवार  निजी क्षेत्र र विभिन्न दलका प्रतिनिधिसहित छलफल गर्नु भएको छ । सरकारले आन्तरिक छलफलपछि अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालासँग छलफलको आयोजना गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट मात्रै अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न सकिने भएकाले अर्थतन्त्रको सुधारका लागि मिलेर काम गर्न सरोकारवाला सबैको सहयोग र साथ रहनुपर्ने बताउनु  भएकाे छलफलबाट बाहिरिनु भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चारकर्मीलाई…