बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन अन्तर्गत मैनहिया सबस्टेसनको उद्घाटन
आर्थिक परिवेश

भैरहवा। रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइन संचालनमा आएको छ।उर्जामन्त्री पम्फा भुसालले सोमबार बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी छन्। प्रसारणलाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ। यो संचालनसँगै भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ। मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताईन्। ऊर्जा सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने विश्वास…

उत्पादनशिल उद्योग, व्यवसायमा सरकारको जोड मन्त्री बडू
आर्थिक परिवेश

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको आज धनगढीमा उद्घाटन गर्दै मन्त्री बडूले सरकार इँटा उद्योगी व्यवसायीको समस्या समाधानका लागि गम्भीर रहेको बताउनुभयो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशिल उद्योग व्यवसायमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री बडूले विकास निर्माणमा इँटा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको छ, व्यवसायीलाई सहुलियत दरमा बैङ्किङ कर्जा प्रवाह व्यवस्था गर्न सरकार लागि परेको बताउनुभयो । समारोहमा पूर्व मन्त्री तथा सांसद नारदमुनी राना, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल, उद्योग, पर्यटन,…

सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने
आर्थिक परिवेश

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष  पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएका हुन् । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन…

प्रत्येक स्थानीय तहमा भण्डारण, यान्त्रिकरण, उपजको सहज खपत व्यवस्थापन अत्यावश्यक प्रतिवेदन
आर्थिक परिवेश

काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन सार्वजनिक गर्नु भयो । प्रतिवेदनले आगामी दिनमा सबै निकायहरुले नीतिगत र व्यवहारिक रुपमै कृषिलाई प्राथमिकता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने र कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमलाई वैज्ञानिक, सहज सरल, व्यावहारिक र परिणाममुखी बनाउन सरकारदेखि किसानसम्मको लक्ष्य एउटै हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । यसका साथै…

नेपालीहरु कोरोनाको कहर विर्सेर तीज मनाउदै, पशुपतिनाथ मन्दिरमा पूजा गर्न दर्शनार्थीको भिड
आर्थिक परिवेश

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ तथा देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको बिहानै देखि  भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न दर्शनार्थीको बिहान तीन बजेदेखि  भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकुन् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड हो । बिहान मूल मन्दिर प्राङ्गणमा मात्र बर्तालु लाममा बसेका छन्…