सरकारको लगानीका ४४ वटा सार्वजनिक संस्थानमध्ये १८ वटा संस्थानहरु घाटामा
आर्थिक परिवेश

  काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानहरुमा व्यवसायिक दक्षता नदेखिनुले राज्य संयन्त्रमाथि गंभीर प्रश्न उठेको बताउनुभएको छ । महालेखापरीक्षकको कार्यालयले आइतवार आयोजना गरेको संगठित संस्थाका पदाधिकारी र लेखापरीक्षकसँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले स्रोत साधन हुदाहुँदै पनि इच्छाशक्तिको अभावमा सार्वजनिक संस्थानहरुले धारासायी बन्दै गएको बताउनुभयो । उहाँले सिमित साधन स्रोतबाट निजि क्षेत्रले उल्लेख्य प्रगति गरेपनि सँगै रहेको सोतसाधन सम्पन्न सार्वजनिक संस्थान घाटामा जानुले उसको योग्यता र नियतमा प्रश्न उठेको बताउनुभयो । अर्थमन्त्री शर्माले संस्थाको नेतृत्व र कर्मचारीमा सुधारको इच्छाशक्ति देखिए सार्वजनिक संस्थानहरु सुधार गर्न सकिने स्पष्ट पार्नुभयो । अर्थमन्त्री शर्माले सार्वजनिक संस्थान सुधार गर्न स्पष्ट कार्ययोजना ल्याए सरकार सहयोग गर्न र…

संयुक्त पश्चिम सेती १२ सय मेघावाट अघि बढ्ने आशा पलायो
आर्थिक परिवेश

काठमाण्डौ । सरकारले निर्माणको पहल अघि बढाएको लामो समयसम्म पनि निर्माण प्रकृया शुरु हुन नसकी अलपत्र परेको पश्चिम सेती जलवविद्युत आयोजना अब भने बन्छ कि भन्ने आशा पलाएको छ । सरकारले पश्चिम सेती र सेती नदी ६ आयोजनालाई संयुक्त रुपमा अघि बढाउन सकिने उच्चस्तरीय अध्ययन कार्यदलको सुझाव वमोजिम लगानी बोर्ड मार्फत भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियासंग छलफल अघि बढाएको थियो । लामो छलफल पछि लगानी बोर्ड नेपाल र एनएचपीसी लिमिटेड इन्डियाबीच संयक्त आयोजनाको रुपमा संयुक्त पश्चिम सेती जलविद्युत आयोजना १२ सय मेघावाट अघि बढाउने सहमती भएको छ । नेपालको राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत्…

१२ सय मेघावाटका २ आयोजना अध्ययन गर्न भारतीय कम्पनीलाई जिम्मा समझदारीमा लगानी बोर्ड र एनएचपीसी लिमिटेड इन्डियाद्धारा हस्ताक्षर
आर्थिक परिवेश

काठमाण्डौ । भारतीय जलविद्युत कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पाएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रममा पश्चिम सेती परियोजना सर्वेक्षण अनुमती भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र एनएचपीसी लिमिटेड भारतबीच लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउबा तथा लगानी बोर्डका उपाध्यक्ष अर्थमन्त्री जर्नादन शर्माको उपस्थितिमा सर्वेक्षण अनुमती सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । गत साउन २३ गते बसेको लगानी बोर्डको बैठकले समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको थियो । मझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत…

रेमिटेन्स बढे पनि शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा
आर्थिक परिवेश

काठमाण्डौ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा हुने विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३…

दोष अरुलाई देखाएर पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा छ सहकारी तथा गरिवी निवारण मन्त्री
आर्थिक परिवेश

  काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई वचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको उल्लेख गर्नु भयो । त्यसले गर्दा केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको अवस्था र…