मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार
आर्थिक परिवेश३२ जेठ,काठमाडौ। सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मुख्यसचिव शंकरदास वैरागीले दिनुभएको राजीनामा स्वीकृत गरी बरिष्ठतम् सचिव डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले जानकारी दिनुभयो । नवनियुक्त मुख्य सचिव डा. अर्याल यसअघि वरिष्ठतम् सचिवका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनुहुन्थ्यो । बैठकले मुख्यसचिव पदबाट राजीनामा दिनुभएका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ । डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा…
बजेटले आर्थिक मन्दीको यथार्थलाई स्वीकार्न सकेन : पूर्वअर्थमन्त्री पौडेल
आर्थिक परिवेश२८ जेठ,काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलका क्रममा बाेल्दै सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजनाहरू बजेटमा नपरेको बताउनुभएको हो । “यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता राखेको छैन । एक अर्कासँग अन्तरसम्बन्धित हुनुपर्नेमा नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता र अर्कैतिर र बजेट…
प्रतिनिधिसभाका सांसदहरू बाट बजेट बाँडफाँटप्रति असन्तुष्टि
आर्थिक परिवेश२४ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा भाग लिनुहुँदै प्रतिनिधिसभाका सांसदहरूले बजेट बाँडफाँटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुँदै सांसद बलराम अधिकारीले बजेटमा आकर्षक नारा राखिएको तर समान ढङ्गले बजेट विनियोजन गर्न सरकार चुकेको बताउनुभयो । त्यस्तै भौगोलिक विकटता, आर्थिक पछौटेपनलगायत मानक हेरेर बजेट विनियोजन नगरिएको उहाँको भनाइ छ । सांसद शान्ति विकले समतामूलक समाज निर्माणका लागि बजेटको न्यायोचित विनियोजन केन्द्रित हुन नसकेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले दलित समुदायलाई केन्द्रित गरेर कुनै स्पष्ट योजना र कार्यक्रम ल्याउन नसकेको उहाँको भनाइ छ । कानून निर्माणमा संलग्न हुनुपर्ने…
करको दरमा हेरफेर आफू सहितका आधिकारिक व्यक्तिहरूले गरेको हाे : अर्थमन्त्री
आर्थिक परिवेश२३ जेठ, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेर बारे आफूहरूले नै निर्णय गरेको बताउनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलवार संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले पारदर्शी ढङ्गबाट कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको र आफ्नो इमान्दारितामाथि शङ्का नगर्न आग्रह समेत गर्नुभयो । करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेको बताउँदै अर्थमन्त्री महतले यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गर्नुभयो । अर्थमन्त्री महतले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताउँदै अर्थमन्त्री महतले निर्णय प्रक्रियामा उहाँ नभएको स्पष्ट पार्नुभयो । निर्णय…
करका दरमा निरन्तर हेरफेर हुनु गम्भीर : ओली
आर्थिक परिवेश२३ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा उठेका विषयमा प्रश्न गर्दै सरकारले यस विषयमा गम्भीर बन्नु पर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट माथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले बजेटले जनताका हितलाई केन्द्रमा राखेर जनताको जीवनस्तरमा परिवर्तन गर्ने गरी आउन नसकेको बताउनुभयो । अध्यक्ष ओलीले नागरिकका कठिनाइ समाधान गरी गरिबी लगायतका समस्यासँग सशक्त ढंगले जुधेर नागरिकको जीवनस्तर सुधार गरेर अगाडी बढ्ने कुरामा बजेट बेखवर रहेको आरोप लगाउनु भयो । उहाँले बजेटले मुख्य रुपमा नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनु पर्ने भन्दै पन्ध्रौँ पञ्चवर्षीय योजनाको…