नेपाल बेलायत कुटनीतिक सम्बन्धकाे सय बर्ष : प्रधानमन्त्री सुनकले नेपाली समुदायलाई सम्बाेधन गर्ने
आर्थिक परिवेश०६ जेठ, लन्डन । बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा बेलायतमा बसाेबास गर्ने नेपाली समुदायलाई सम्बोधन गर्नु हुने भएकाे छ । नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष मनाउने क्रममा टेन डाउनिङ स्ट्रिट प्रधानमन्त्री कार्यालयमा विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत रुपमा वा सानो समूहसंग भेटघाट गर्ने गरेपनि समुदायलाई नै सम्बोधन गर्न लागेको यो पहिलो भएकाेले ऐतिहासिक मानिएको छ । यही जेठ ०७ गते अर्थात मे २० तारिखका दिन सोमबार साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकले सम्बोधन नेपाली समुदायलाइ सम्बाेधन गर्ने कार्यक्रम बेलायतसि्थत नेपाली दुतावासले जनाएकाे छ । बेलायत…
उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनले आर्थिक सम्भावनाहरूमा सुधार : संयुक्त राष्ट्रसङ्घ
आर्थिक परिवेश०५ जेठ,संयुक्त राष्ट्रसङ्घ, न्युयाेर्क । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरूमा सुधार भएकाे संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेकाे छ । सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिक समीक्षा अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक आर्थिक वृद्धि दरको भविष्यवाणी गरिएको थियो । पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा…
जापानी विदेशमन्त्री खामिखावा योकोकाे प्रधानमन्त्री दाहालसंग शिष्टाचार भेट
आर्थिक परिवेश२३ बैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको…
जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
आर्थिक परिवेश२३ बैशाख, काठमाडौँ । मित्र राष्ट्र जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा…
भारतले हटायाे प्याजमा लगाएकाे प्रतिवन्ध
आर्थिक परिवेश२२, बैशाख, काठमाडाैं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले प्रतिवन्ध हटाउने निर्णय गरेको हो । भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको त्यहाँकाे बाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमानअनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य…