
नेपाल र फिनल्यान्डबीच लगानी परिचालन परियोजना सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश१३ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच बिहिवार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्तापछि नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजना सम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजना अन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गर्नु भयाे । नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकास प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य सम्झौताको छ । अनुदान प्राप्त परियोजना मार्फत नेपालले खानेपानी,…

विदेशस्थित सबै नेपाली नियाेगहरूले आर्थिक कूटनीति प्रवर्द्धन गर्नु आवश्यक छ : परराष्ट्रमन्त्री
आर्थिक परिवेश१२ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग मंगलवार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा परराष्ट्रमन्त्री राणाले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकाङ्क्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको बताउनु भयाे । परराष्ट्रमन्त्री राणाले आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह नवनियुक्त राजदुतहरू तथा निर्यात व्यवसायीहरूलाई आग्रह गर्नु भयाे । मन्त्री डा राणाले भन्नुभयो, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली…

औपचारिक चीन भ्रमणका क्रममा कुनै ऋणसम्बन्धी सम्झौता हुँदैन : प्रधानमन्त्री
आर्थिक परिवेश१०मसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गर्नुभयो । “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई…

४० मेगावाट बिजुली शुक्रबारबाट बङ्गलादेश निर्यात हुने
आर्थिक परिवेश३० कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अाज शुक्रबारबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली बििकी गरेकाे यो पहिलो पटक हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको राससलाई प्रतिक्रिया दिनुभयो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ । विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।…

महासंघले गरयो राजदुतहरुसंग छलफल आर्थिक कुटनीतिमा जोड
आर्थिक परिवेश२८ कार्तिक, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग नेपालमा लगानी,पर्यटन निर्यात र आर्थिक कुटनीतिको प्रवद्र्धन जस्ता विषयमा छलफल गरेको छ । छलफलमा सहभागि नवनियुक्त राजदूतहरुले नेपालको अल्पविकसितबाट स्तरोन्नति भएपछि पनि न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको वताउनुभयो । यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने वताउनुहुँदै नेपालको नीजि क्षेत्रसंग सहकार्य गर्ने बताउनु भयो । छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी,पर्यटन तथा निर्यात प्रवद्र्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष ढकालले महासंघले विदेशी लगानी सहायता…