प्रधानमन्त्री चीनको थियानजिन सहरमा आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने
आर्थिक परिवेश१४ भदाै काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा आइपुग्नुभएको छ । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई चीन सरकारका उच्च अधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोरलगायतले स्वागत गर्नुभयो । आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यमा छलफल
आर्थिक परिवेश०८ भदौ, काठमाण्डौ । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुरयाउने वारेमा नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआनसगँ काठमाडौंमा छलफल गरेको छ । बैठकमा दुवै देशबीचको व्यापारिक पहु“च विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे महत्वपुर्ण छलफल भएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नया“ अध्याय सुरु गर्ने महत्वपूर्ण सम्भावनाको रुपमा हेरेको छ । उपराष्ट्रपति जुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन…
हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरूकाे बैठक काठमाण्डाैमा
आर्थिक परिवेश०२ भदाै, काठमाडौँ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्हरू बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय क्षेत्र संसदीय बैठक’ आजदेखि काठमाण्डाैमा सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । साथै बैठकमा हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका…
सिंगापुरको अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार
आर्थिक परिवेश२७ साउन, सिंगापुर । सिंगापुरको व्यापार तथा उद्योग मन्त्रालयले सिंगापुरको सन् २०२५ को सकल घरेलु उत्पादन (जिडिपी) वृद्धिको पूर्वानुमान ०.० प्रतिशतदेखि २.० प्रतिशतको दायराबाट बढाएर १.५ प्रतिशतदेखि २.५ प्रतिशतको दायरामा पुर्याएको छ । यो वृद्धि सन् २०२५ को पहिलो छैटौँ महिनामा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शनलाई ध्यानमा राखेर गरिएको हो । मन्त्रालयका अनुसार, सिंगापुरको अर्थतन्त्र पहिलो छैटौँ महिनामा गत वर्षको उस्तै अवधिसँग तुलना गर्दा ४.३ प्रतिशतले विस्तार भएको छ । तथापि, विश्वव्यापी अनिश्चितताका कारण जोखिमहरू अझै तलतर्फ तिर झुकेको उल्लेख गरिएको छ । विश्वव्यापी अर्थतन्त्रमा अझै धेरै अनिश्चितता कायम रहेको छ, जसको मुख्य कारण अमेरिकी व्यापार नीतिहरूमा जारी अनपेक्षितता हो। यसमा औषधि…
विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न हुँदैन प्रधानमन्त्री
आर्थिक परिवेश२१ साउन आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिनुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सह अध्यक्षता गर्नुहुँदै उहाँले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिनुभयो । “यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्ययोजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ । यसको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि बलियो प्रतिबद्धता आवश्यक पर्दछ”, प्रधानमन्त्री…