
प्रधानमन्त्री दाहाल र एशियाली विकास बैंकका पूर्व अध्यक्षको भेटवार्ता
आर्थिक परिवेश२१ असोज,काठमाण्डौं । एशियाली विकास बैंकका पूर्व अध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गर्नु भएकाे छ । पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताउनु भयाे । जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराउनु भयाे । सो अबसरमा प्रधानमन्त्री दाहालले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याउनु भयाे । नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले…

नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ३.९ प्रतिशतले सुधार हुन्छ : विश्व बैंक
आर्थिक परिवेश१६ असाेज, काठमाडौं । विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । मंगलवार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण…

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
आर्थिक परिवेश१३ असोज, छन्दु चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभयो । भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए । समिटमा…

अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान
आर्थिक परिवेश०९ असाेज, कायारो , इजिप्ट। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान तस्वीर सहित
आर्थिक परिवेश८,असाेज बेइिजड.चीन । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारकाे तफर्बाट विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए) काे विशेष टुकडीले तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी रहनुभएकाे थियाे । सम्ममानकाे समाराेहमा चिनिया तथा नेपाली भ्मणादलका सदस्यहरूकाे पनि सहभागिता रहेकाे थियाे । त्यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नु भएकाे थियाे। …