भारतले हटायाे प्याजमा लगाएकाे प्रतिवन्ध
आर्थिक परिवेश२२, बैशाख, काठमाडाैं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले प्रतिवन्ध हटाउने निर्णय गरेको हो । भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको त्यहाँकाे बाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमानअनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य…
एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने
आर्थिक परिवेश२२ वैशाख,काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुग्नु भएका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाउनु भएकाे हाे । सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गर्नु भएकाे थियाे । जवाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताउनु भएकाे हाे । ‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याहरुका बारेमा म जानकार छु’, मासात्सुगुको भनाइ उद्धृत…
यूएनडिपीकी क्षेत्रीय निर्देशक कान्नी विगनाराजाकाे अर्थमन्त्रीसँग शिष्टाचार भेट
आर्थिक परिवेश२० वैशाख,काठमाडाैं । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन बिहिवार शिष्टाचार भेट गर्नु भएकाे छ । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन नेपाल आएकी उहाँले बिहीबार मन्त्री पुनलाई भेट गर्नु भएकाे हाे । युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गएको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिनु भयाे । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । युएनडिपीले दोलखाको…
नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई प्रधानमन्त्रीकाे आह्वान
आर्थिक परिवेश१६ बैशाख, काठमाडौं । नेपालमा प्रत्यक्षा विदेशी लगानी आर्कषित गर्ने उद्देश्यले नेपाल सरकारले अायाेजना गरेकाे तेस्राे लगानी सम्मेलन आजबाट काठमाण्डाैमा शुरू भएकाे छ । लगानी बाेर्डका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनकाे उद्घाटन गर्नु भएकाे छ । स्वदेश तथा विदेशबाट गरी करिव १७ सयकाे हाराहारिमा सहभागी भएकाे सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नु भयाे । प्रधानमन्त्री दाहालले नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई आह्वान गर्नुभयाे । ‘नेपाल लगानी सम्मेलन २०२४ को आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त…
७ पूर्व अर्थमन्त्रीहरूले दिनु भयाे बजेट सम्बन्धमा सुझाव
आर्थिक परिवेश१३ बैशाख, काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनु भएको छ । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरू डा.प्रकाशचन्द्र लोहनी, डा.प्रकाशशरण महत, डा.युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिनुभएको हो । त्यस क्रममा पूर्व अर्थमन्त्रीहरूले महत्त्वाकाङ्क्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाव दिनुभएको थियो । उहाँहरूले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो। यस्तै राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजना बाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न पूर्व अर्थमन्त्रीहरूले सुझाव…