एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै समापन
आर्थिक परिवेश

बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो । घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, फिजी लगायतका देशमा रहेका करिब छ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलनबाट नेपाल सरकारसँग विषेश अनुरोध गरिएको छ । एनआरएनएले स्थापना कालदेखि उठाउँदै गरेको…

सुनकोशी तेस्रो जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इमानदार छ सचिव रहमान
आर्थिक परिवेश

काठमाडौं । काभे्रपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको  टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताउनुभयो । आयोजनाको अनुमानित लागत सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको…

नेपाली स्वास्थ्य कर्मीलाई कामका लागि बेलायत जान बाटो खुल्यो, सेवा , सुविधा र अधिकार बेलायतीले सरह
आर्थिक परिवेश

  काठमाडौँ । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीले पनि काम  गर्ने बाटो खुल्ला भएको छ । यस सम्बन्धमा नेपाल र बेलायत सरकारबीच एक सम्झौता भएको छ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वाथ्य क्षेत्रमा रोजगारीका लागि पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा सोमवार दुई पक्षबीच हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । नेपाल सरकार र बेलायत सरकारबीच भएको सो समझदारी पत्र अनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी…

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान
आर्थिक परिवेश

काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एक द्धार नीति अबलम्बन…

गैरआवासीय नेपाली नागरिकताले विश्वभरका नेपालीलाई नेपालसँग जोडेको छ
कुल आचार्य,कार्यकारी अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ

  काठमाडौँ । नेपालको संविधान बनेको सात वर्ष हुन लागिसक्दा पनि नागरिकता ऐन संशोधन नहुँदा मूल कानुनले योग्य मानेका देशका कैयौं नागरिकले नागरिकता पाउन सकेका थिएनन् । संविधानको भावनाअनुसार २०७५ सालमा संसदमा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक त्यसै अल्झिरहेको थियो । यसलाई फिर्ता गरेर वर्तमान सरकारले यसलाई संसदीय प्रक्रियामा लगेर वर्षौंदेखिको समस्याको समाधान निकाल्न खोजेको थियो । गृहमन्त्री बालकृष्ण खाणले २३ असार २०७९ मा प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयक साउन ६ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको नागरिकता विधेयक साउन १२ गते राष्ट्रिय सभाबाट पारित भयो । दुबै सदनबाट पारित भएपछि सभामुखले साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि…