युगान्डामा नामको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री स्वदेश फिर्ता
आर्थिक परिवेश

०७ माघ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ । उहाँ भर्खरै (आइतबार बिहान) ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ गत माघ ४ गते युगान्डाको कम्पाला जानु भएको थियो । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू हुनुहुन्छ । प्रधानमन्त्री  पुष्पकमल दाहाल ’प्रचण्ड’ युगाण्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग  गरिएको कुराकानिकाे प्रेस नाेट सञ्चारकर्मी मित्रहरू, १. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा…

गैर आवासीय नेपाली संघले मानवीय कार्यमा ६ करोड ६६ लाख परिचालन
आर्थिक परिवेश

०६ माघ, काठमाडौं ।  गैर आवासीय नेपाली संघको नव निर्वाचित कार्य समितिले काम शुरु गरेको ९० दिनको अवधीमा करिब ६ करोड ६६ लाख ९१ हजार रुपैया बराबरका विभिन्न मानवीय सहायता नेपालमा परिचालन गरेको जनाएको छ । संघले सञ्चालन गरेका मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय सहायताको लागि उक्त रकम परिचालन गरेको संघले जनाएको छ । सघले बालुवाटारस्थित मुख्य कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका नव निर्वाचित अध्यक्ष बद्री केसीले छोटो समयमा गैर आवासीय नेपाली संघको पहलमा भूकम्प प्रभावित लगायतका क्षेत्रमा मानवीय सहायत स्वरुप विभिन्न सहयोग परिचालन गरेको…

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
आर्थिक परिवेश

२५ पुष,काठमाडाैं ।  विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ। बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने  बैंकले जनाएको छ। औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएको हो। लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन गरिएको हो।   अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको…

सन् २०२४ मा विश्वकाे आर्थिक बृद्धि घटेर २.४ प्रतिशतमा कायम हुने : संयुक्त राष्ट्रसङ्घ
आर्थिक परिवेश

२१ पुष, काठमाडाैं ।  सन् २०२४ मा विश्वकाे आर्थिक बृद्धि घटेर २.४ प्रतिशतमा कायम रहने संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले जनाएको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ । संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ । विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूणर् वित्तीय अवस्था…

नेपाल–भारत संयुक्त आयोगको बैठक  सम्पन्न भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्न सक्ने
आर्थिक परिवेश

१९ पुष, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै  सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो ।   यस क्रममा दुबै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि आजै हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच…