विप्रेषण आप्रवाह गत बर्षकाे तुलनामा ४.३ प्रतिशतले घट्याे
आर्थिक परिवेश२२ चैत्र, काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा नौ खर्ब ६१ अर्ब २२ करोड रूपैया बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ताे विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय…
नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित गरी भर्चुअल बैठक
आर्थिक परिवेश१८ चैत्र, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० भन्दाबढी नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित गरी भर्चुअल बैठककाे माध्यमबाट छलपफल गर्नु भएकाे छ । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिनु भयाे । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, भन्दै मन्त्री पुनले , ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता…
अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमती
आर्थिक परिवेश१४ चैत्र, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने तय भएकाे छ । समझदारीमा नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन…
नेपाल र युरोपेली संघले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाउँदै
आर्थिक परिवेश०७ चैत्र, काठमाडौं । नेपाल र युरोपेली संघ (इयु) बीचको संयुक्त आयोग (जेसी) को १५औँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा आपसी हितका विविध विषयमा छलफल भएको थियो । नेपाल र युरोपेली संघले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाउँदैछन् । बैठकको सहअध्यक्षता नेपाल सरकारका विदेश सचिव सेवा लम्साल र ईयूको युरोपेली बाह्य मामिला सेवाका एशिया तथा प्रशान्त क्षेत्रका लागि उपप्रबन्ध निर्देशक सुश्री पाओला पाम्पालोनीले गर्नुभएको थियो । बैठकमा दुवै पक्षले लोकतन्त्र र मानव अधिकारको संरक्षण, सुशासनको प्रवर्द्धन, दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्त गर्न, लगानी प्रवर्द्धन र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न मिलेर काम…
मानव विकास सूचकाङ्कमा नेपालको अवस्थामा सुधार
आर्थिक परिवेश०२ चैत्र, काठमाडाैं । मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक सय ४६औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क मान शून्य दशमलव ६०१ छ । जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ । सन् २०२१ मा नेपाल एक सय ४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ । जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान…