श्रोतमा कमी र बढ्दो ऋणका बीच दीगो विकास लक्ष्य हासिल गर्न चुनौती : अर्थमन्त्री
आर्थिक परिवेश

०१ साउन,गुजरात ,भारत ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपेको बताउनु भएकाे छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले श्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप श्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास…

६ देशका लागि राजदूत  सिफारिस,राष्ट्रसंघमा थापा र फ्रान्सका लागि भट्टराई
आर्थिक परिवेश

३० असार,काठमाडौं ।  सरकारले  ६ देशको लागि राजदूतकाे नाम  सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरूकाे लािग नाम  सिफारिस गरेको हो । राजदूतको लागि यस पटककाे सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहनुभएकाे छ । जस अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता
आर्थिक परिवेश

२६ असार,काठमाडौं ।   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर  श्रेष्ठ र चीन  सरकारको  नेसनल  डेभलपमेन्ट  एण्ड  रिफर्म  कमिसन (एनडिआरसी) का उपाध्यक्ष  छोङ्ग  लियाङ्ग  बीच  चीनको वेइजिङ्ग स्थित एनडिआरसीको  कार्यालयमा  भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो । नेपाल आगामी १६औ योजना  तर्जुमा गर्न  गइरहेको सम्वन्धमा  आगामी दिनमा चिनियाँ  समकक्षी  निकाय  एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने…

११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स
आर्थिक परिवेश

२५ असार, काठमाडौं ।  २५ असार, काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधीको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बेकले समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११खर्ब १२ अर्ब ५२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम…

विकासशील मुलुकमा स्तरोन्नति रणनीति तर्जुमाको मस्यौदा माथि छलफल
आर्थिक परिवेश

१७ असार,काठमाडौं।  नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको हो । संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको थियो । अर्थात आगामी २०२६ बाट नेपाल विकाससिल मुलुकमा स्तरोन्नति हुँदैछ । उपाध्यक्षको अध्यक्षमा रहेको निर्देशक समितिमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव साथै निजी क्षेत्रहरुबाट समेत प्रतिनिधित्व छ ।…