नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता टिफामा हस्ताक्षर
आर्थिक परिवेश

२६ माघ, काठमाडौं ।  नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता टिफा भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा  अस्ट्रेलियाकाे पर्थमा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नु भएकाे छ  । अस्ट्रेलिया भ्रमणमा  रहनु भएका परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानाएकाे छ । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राख्नु भएकाे थियाे  । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको…

नेपालको योजनालाई सहयोग गर्न सकारात्मक छौं : विकास साझेदारहरु
आर्थिक परिवेश

१६ माघ, काठमाडौं ।  राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएक छन् । आयोग आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औँ योजनाका लागि विभिन्न् क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ । सोही क्रममा बुधबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो । नेपाल स्थित अन्तराष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी…

छ महिनाकाे अवधिमा सात खर्ब रूपैयाकाे  व्यापार घाटा अमेरिकासँगकाे व्यापार नाफामा
आर्थिक परिवेश

०७ माघ, काठमाडौँ ।  चालु आर्थिक वर्षको छ महिनाकाे अवधिमा मुलुकले करिब सात खर्ब रूपैया बराबरकाे  व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा  छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रूपैया बराबरको व्यापार घाटा भएको छ । विभागको तथ्याङ्कअनुसार छ महिनाकाे अवधीमा  नेपालले  आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये  सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात र  ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रूपैया बराबरको मात्रै निर्यात भएको छ । गत आर्थिक वर्षको…

युगान्डामा नामको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री स्वदेश फिर्ता
आर्थिक परिवेश

०७ माघ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ । उहाँ भर्खरै (आइतबार बिहान) ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ गत माघ ४ गते युगान्डाको कम्पाला जानु भएको थियो । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू हुनुहुन्छ । प्रधानमन्त्री  पुष्पकमल दाहाल ’प्रचण्ड’ युगाण्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग  गरिएको कुराकानिकाे प्रेस नाेट सञ्चारकर्मी मित्रहरू, १. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा…

गैर आवासीय नेपाली संघले मानवीय कार्यमा ६ करोड ६६ लाख परिचालन
आर्थिक परिवेश

०६ माघ, काठमाडौं ।  गैर आवासीय नेपाली संघको नव निर्वाचित कार्य समितिले काम शुरु गरेको ९० दिनको अवधीमा करिब ६ करोड ६६ लाख ९१ हजार रुपैया बराबरका विभिन्न मानवीय सहायता नेपालमा परिचालन गरेको जनाएको छ । संघले सञ्चालन गरेका मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय सहायताको लागि उक्त रकम परिचालन गरेको संघले जनाएको छ । सघले बालुवाटारस्थित मुख्य कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका नव निर्वाचित अध्यक्ष बद्री केसीले छोटो समयमा गैर आवासीय नेपाली संघको पहलमा भूकम्प प्रभावित लगायतका क्षेत्रमा मानवीय सहायत स्वरुप विभिन्न सहयोग परिचालन गरेको…