गैरआवासीय नेपाली संघले राहत तथा उद्धारका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना
आर्थिक परिवेश

१८ कार्तिक,काठमाडाैं ।  भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट  तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।   अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर शनिवारै प्रभावित स्थानमा जाने निर्णय गरेको छ । संघका अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार १० हजार रूपैयाका दरले  खाद्यन्न तथा लत्ताकपडा वितरण गरिने छ ।   राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला…

नेपाल र दक्षिण  काेरियाबीच कृषि क्षेत्रका विषयमा प्राविधिक सहकार्यका लागि समझदारी
आर्थिक परिवेश

१७ कार्तिक, काठमाडाैं ।  नेपाल र दक्षिण  काेरियाबीच कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सहकायर् गर्ने गरी   दुर्इपक्षीय समझदारी भएकाे छ । कृषि  मन्त्रालयमा  दुइ देशका कृषि सम्वध्द मन्त्रालयबीच कृषि क्षेत्रका विविध विषयमा प्राविधिक सहकार्यका लागि समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएकाे हाे । समझादारी पत्रमा नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फवाट कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले हस्ताक्षर गर्नुभयो । समझदारीकाे उद्देश्य दुवै पक्षले आ-आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ…

अमेरिकन च्याम्बर अफ कमर्स नेपालले अमेरिका स्थित यु.एस. च्याम्बर अफ कमर्सको सदस्यता पायाे
आर्थिक परिवेश

१७ कार्तिक,काठमाडौं ।  अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित यु.एस.  च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा  यु.एस.  च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र  यु‍‍.एस.  च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएकाे हाे । एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यु‍.एस. च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल हुनु ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताउनुभयाे । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न…

नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरुलाई आग्रह,१.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार
आर्थिक परिवेश

१५कार्तिक,लण्डन,संयुक्त अधिराज्य ।  नेपालको विभिन्न क्षेत्रका व्यक्ति तथा विज्ञहरुले नेपालमा लगानीको वातावरण निर्माण भएकोले नेपालमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । बेलायतको राजधानी लण्डनमा नेपालमा लगानी सम्बन्धमा आयोजित एक उच्चस्तरीय सम्मेलनको क्रममा वक्ताहरुले नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो । नेपाली राजदूतावास लण्डनले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न नेपाल बेलायत मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा मंगलवार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय…

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस
आर्थिक परिवेश

 १४ कात्तिक,काठमाडौँ  । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताउनुभएको छ । आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताउनुभएको हो । नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । “नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ”, उहाँले भन्नुभयो । नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्नुहुँदै गुटेरेसले विश्व…