
अष्टेलियामा नेपाल फेस्टिभल मार्फत नेपाल प्रर्वद्धनको पहल १
आर्थिक परिवेशकाठमाण्डौ । जाडो सकिएर गर्मी शुरु भए संगै अष्टेलियामा बसोबास गर्ने गैर आवासीय नेपाली तथा त्यहाँ काम र अध्ययन गरी बसेका नेपालीहरुले आ आफनो बसोबास रहेको राज्यहरुमा मेला र महोत्सवको आयोजना गरी नेपाल प्रर्वद्धन गर्ने काम गर्दै आएका छन् । अष्ट्रेलियास्थित गैर आवासी नेपाली संघ राष्ट्रिय समिति तथा राज्य समितिको आयोजनामा हुने त्यस्ता मेला तथा महोत्सवहरु नेपाल फेस्टिभलको रुपमा मनाइने गरिएको छ । नेपाल फेस्टिभलको क्रममा त्यहाँस्थित विभिन्न अष्ट्रेलियन समुदायहरु बीचमा नेपाली कला, संस्कृती, रिती रिवाजहरु,भेषभुषा, नृत्य तथा तस्वीरहरुको माध्यमबाट नेपालमा पर्यटन प्रर्वद्धन गर्न सहयोग गर्ने गरिएको छ । नेपाल फेस्टिभल तथा मेला महोत्सवको आयोजना गरेर अष्ट्रेलियाका विभिन्न राज्यहरुमा…

अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने
आर्थिक परिवेशकाठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भए संगै अव नेपालबाट दैनिक ३ सय ८६ मेघावाट विद्युत भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली २२ मेगावाट भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनु भयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली भारत निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त दिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि यसअघि नै प्रस्ताव गरेको थियो ।…

राजदूत भण्डारी र बंगलादेशी प्रधानमन्त्री बीच भेट, दुई देश बीचका व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायतका विषयमा छलफल
आर्थिक परिवेशकाठमाण्डौ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग मंगलवार उहाँकै निवास ढाकास्थित गणभवनमा भेटवार्ता गर्नु भएको छ । सो अवसरमा नेपाल–बंगलादेशबीच व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा केन्द्रमा राखेर सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो । राजदूत भण्डारीले विगत ५० वर्षमा नेपाल–बंगलादेश सम्बन्धको सरकारी तथा जनता–जनता तहमा निरन्तर विकास भएकोमा जोड दिँदै पछिल्लो समय असल छिमेकीको भावनामा द्विपक्षीय सम्बन्ध बढ्दै गएको बताउनु भयो । ऊर्जा सहयोगमा जारी छलफल उत्साहजनक रहेको र यो ‘विन–विन इन्टरप्राइज’लाई साकार पार्नु महत्वपूर्ण कोसेढुङ्गा हुने उनले बताउनु भयो । जवाफमा बंगलादेशी प्रधानमन्त्री हसिनाले व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा उपलब्ध…

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै नेपालमा लक्ष्मीपूजा तथा तिहार मनाइदै ।
आर्थिक परिवेशकाठमाडौं। धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै नेपालमा लक्ष्मीपूजा तथा तिहार मनाइदै छ । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर…

नेपाल दश हजार जनासम्म शान्ति सैनिक खटाउन कटिबद्ध, मुख्य सचिव
आर्थिक परिवेशकाठमाण्डौ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरण एवं भविष्यमा नेपाली शान्ति सैनिकहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप एक दिने अन्तर्राष्ट्रिय सेमिनार काठमाण्डौमा सम्पन्न भएको छ । आइतवार जङ्गी अड्डामा आयोजित एक दिने अन्तर्राष्ट्रिय सेमिनारको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले उद्घाटन गर्नु भयो । मुख्यसचिव बैरागीले संयुक्त राष्ट्रसंघ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसंघमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको रहेको चर्चा गर्नु भयो । मुख्य सचिव बैरागीले नेपालद्वारा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा महत्वपूर्ण सहभागिता र योगदानमार्फत विश्व शान्ति…