आप्रवासीहरूको स्वास्थ्य सम्बन्धी न्युयोर्क सम्मेलन घाेषणापत्र जारी गर्दै सम्पन्न
आर्थिक परिवेशन्युयोर्क, सेप्टेम्बर २८, २०२५ । अमेरिकाको न्युयोर्क शहरमा यही असोज ११ र १२ तद्नुसार सेप्टेम्बर २६–२७ का दिन प्रथम ग्लोबल माइग्रेन्ट्स हेल्थ समिट सम्पन्न भएको छ । नेपाली तथा विश्वभरका आप्रवासीहरुका विभिन्न स्वाथ्य समस्याहरु र तिनीहरुको समाधानका उपायहरुका वारेमा वैज्ञानीक कार्यपत्रहरु प्रस्तुत गरी छलफल भएको सम्मेलन न्युयोर्क घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । प्रोटेक्ट हेल्थ अफ माइग्रेन्टस्, इमिग्रेण्टस एण्ड रिफ्युजी Protecting Health of Migrants, Immigrants and Refugees PHOMIR को आयोजना र विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा दुई दिने सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको उदघाटन सत्रमा मध्य अमेरिका, नेपाल, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका विज्ञ तथा अनुसन्धानकर्ताहरूले आप्रवासी र शरणार्थीहरूको…
मितव्ययी रुपमा पुनःनिर्माणकाे काम अघि बढाइने छ अर्थमन्त्री
आर्थिक परिवेश१० असाेज काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बताउनुभयो । बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएकामा धन्यवाद दिनुभयो । “नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरूको चाहना अनुरूप पारदर्शी, जबाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ,” उहाँले भन्नुभयो, “आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई…
नेपालमा उच्च आर्थिक वृद्धि हुने गरी विश्व बैंकले सहयोग गर्छ : उपाध्यक्ष जुट
आर्थिक परिवेश१७ भदाै काठमाण्डाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताउनुभयो । उहाँले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न…
नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति राष्ट्रपति सीसँग नेपालकाे आपत्ति
आर्थिक परिवेश१४ भदौ थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गर्नुभएको छ । थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा आज यहाँ आइपुगेलगत्तै थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको…
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ता
आर्थिक परिवेश१४भदाै थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियो । तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय