डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठनकाे माग
आर्थिक परिवेश

०९ पुष, काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । महासङ्घले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्‍याउन आयोग गठनको माग गरेको हो । महासङ्घले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासङ्घले जनाएको छ । महासङ्घले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका…

स्टार्टअपमा लगानीकर्ता इच्छुक देखिए ५ लाखसम्मको सहुलियतपूर्ण कर्जा ३ प्रतिशत व्याजमा
आर्थिक परिवेश

८ पुष,काठमाण्डौ ।  नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेष्ट २०२३ काठमाण्डौमा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको  नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतीको अवसर दिइएको थियो । त्यसमध्ये गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् ।…

मुलुककाे आर्थिक समृद्धिका लागि डिजिटल रूपान्तरण जरुरी छ : रेखा शर्मा
आर्थिक परिवेश

०६ पुष,काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रूपान्तरण जरुरी रहेको बताउनुभएको छ । ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उहाँले जानकारी दिनुभयो । ‘लिभिङ विथ आइसिटी’ ले आज आयोजना गरेको ‘आइसिटी अवार्ड’ को आठौँ संस्करणलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा सरकारले लिएको स्पष्ट गर्नुभयो । जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको  छ । उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “हामीले अन्य…

त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको लागि इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०२ पुष, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दबाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ त्याे लेखा जाेखा हुनु पर्छ प्रधानमन्त्रीले भन्रु भयाे । विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको उहाँले  बताउनुभयो । “विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा…

१० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानीको अध्ययन प्राधिकरणले अगाडि बढायाे
आर्थिक परिवेश

३० मंसिर, काठमाडौ ।  नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले  अगाडि बढाएको छ । सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत कात्तिक २३ गतेको बैठकले आयोजनाको समग्र पक्षको अध्ययनका लागि प्राधिकरणलाई जिम्मा दिएको हो । सरकारको निर्णय लगत्तै प्राधिकरणले त्यसका लागि आवश्यक तयारी थालिसकेको छ । कूल १० हजार आठ सय मेगावाट क्षमताको र नेपालमा हालसम्म पहिचान भएका तथा जडित क्षमताका हिसाबले सबैभन्दा ठूलो मानिएको आयोजनाको पहिलो सम्भाव्यता अध्ययन छ दशक पहिले भएको थियो ।…