नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
आर्थिक परिवेश

१० वैशाख, काठमाडौँ।  नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ। आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिनुभएको हो। ‘नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो…

नेपालमा ३१ अर्ब ८३ करोडको तयारी पोशाक आयात ३३ प्रतिशत याेगदान स्वदेशी उत्पादनको
आर्थिक परिवेश

८वैशाख,काठमाडौं।  कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ । कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै…

नेपालभरका उद्योगलाई प्रतिस्पर्धी दरमा हरित ऊर्जाको पहुँच सुनिश्चित गर्नु आवश्यक छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

५ बैशाख, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आवश्यक भएको बताउनुभएको छ । मंगलवारदेखि  सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताउनुभयो । आज नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट पार्नुभयो…

गत बर्ष राष्ट्रिय प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप २६८९ मेगावाट राष्ट्रिय प्रणालीमा
आर्थिक परिवेश

३ बैशाख,काठमाडौं।  गत वर्ष २०७९ भरीमा मुलुकको राष्ट्रिय प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । प्रणालीमा बिजुली थप हुने क्रम क्रमजारी रहेको र यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल विद्युत जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको जनाएको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछन । गत वर्षभरी १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आएर उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् । ती…

विश्वविद्यालयहरूले दिने शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनु पर्छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

 २६चैत्र, कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले दिने शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनु पर्नेमा जोड दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आइतवार सम्बोधन गर्नुहुँदै उक्त विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले हर्बल साइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्न सके सुदूरपश्चिम प्रदेशको रोजगारीमा ठूलो योगदान पुर्‍याउन सकिने बताउनुभयो । त्यसतर्फ विश्वविद्यालयको उच्च शिक्षा उन्मुख हुनेछ…