सडक बत्तीको बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न प्राधिकरणलाई निर्देशन
आर्थिक परिवेश

१७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम  छ अर्ब आठ करोड रूपैया बराबर रहेकाे छ । अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो । प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनः संरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको…

उत्सर्जनमा नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको हानिकारक असर भोगिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

१६ मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरूलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट…

नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन युएईका लगानीकर्ताहरूलाई ढकालकाे अनुराेध
आर्थिक परिवेश

१५ मंसिर, काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ । युएईको दुबई मा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको हो । अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गर्नुभएको महासङ्घद्वारा जारी…

कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द
आर्थिक परिवेश

१४ मंसिर,नुम्पेन्ह , कम्बोडिया।  कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताउनुभएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताउनुभयो । नुमपेन्हले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ । “कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शुन्यमा झार्ने विश्व समुदायको प्रतिवद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भन्नुभएको छ । “त्यो भन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तिमा ७०…

बसन्तपुर सबस्टेसन सञ्चालनमा,काेशी काेरिडाेरकाे विद्युत वितरण सहज हुने
आर्थिक परिवेश

 ११ मङ्सिर,काठमाडौं  । काेशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०÷१३२÷३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले…