बाँसखर्कमा १८ करोड ४५ लाखकाे सुन्तला उत्पादन
आर्थिक परिवेश

१५ माघ, काठमाण्डौ ।  उच्च  गुणस्तरीय सुन्तलाको बगैँचाको रुपमा चिनिएको पर्वत जिल्लाको बाँसखर्कमा यस बर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्ये मालगाउँ र घुमाउने तालबाहेकका बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् । देशका अन्य ठाउँका बगैँचामा सन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न शुरु हुन्छ । यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट रहेका छन् । सर्वेक्षणको…

समावेशी,दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढाउनु पर्नेमा विज्ञहरुकाे जोड
आर्थिक परिवेश

१५ माघ, काठमाण्डौ ।     ऊर्जाको विकासलाई समावेशी,दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरुले जोड दिनु भएको छ । अन्तराष्ट्रिय स्वच्छ उर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाण्डौमा आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलनमा विज्ञहरुले त्यसतो धारणा व्यक्त गर्नु भएको हो । सम्मेलनको उदघाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनु भयो । मन्त्री दिपक खडकाले विकास परियोजनाहरुमा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको…

माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेटले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने
आर्थिक परिवेश

१३ माघ काठमाडाै‌ ।   विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो । जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिंगापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरि शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुमा ५ अर्बको लगानीमा पानी उद्योग खोल्ने सोलुदुधकुण्ड नगरपालिका र जापानिज लगानीकर्ता विच…

विराटनगरमा शुरू भयाे विराट एक्स्पो २०२५
आर्थिक परिवेश

     १२ माघ,  विराटनगर ।    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो–२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ थियो । उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गर्नुभयो । हाल बैङ्कमा तरलता…

६ महिनामा बीरगंज हुँदै २९ अर्ब २७ करोड ८२ लाख बराबरको निर्यात
आर्थिक परिवेश

१२ माघ,काठमाण्डौ ।   बीरगंजस्थित एकीकृत तथा आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक बर्ष को ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ २९ अर्ब २७ करोड ८२ लाख ४ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । वीरगंज नाका हुँदै विभिन्न मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंजस्थित आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै ६ महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । ६ महिनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ९९ करोड १८ लाख ५२ हजार मूल्य बराबरको भटमासको प्रशोधित…