लक्ष्मीपूजाकाे दिन १६५० मेगावाट खपत र १०१५ मेघावाट विद्युत् भारत निर्यात
आर्थिक परिवेश०४ कार्तिक,काठमाडौँ। लक्ष्मीपूजाकाे दिन (सोमबार) साँझ देशभर विद्युतकाे कूल माग एक हजार ६५० मेगावाट बराबर पुगेकाे छ । यस दिन अान्तरिक खपत गरेर समेत १ हजार १५ मेघावाट विद्युत् भारत निर्यात भएकाे छ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ । यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।…
महानगरपालिका तथा उपमहानगरपालिकामा जग्गाकाे काराेवार गर्दा अनुमती लिनु पर्ने
आर्थिक परिवेश२९ असाेज, काठमाडौँ । सरकारले तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्नु पर्ने र काराेवार गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख)को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रुपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ । काठमाडौँ, ललितपुर, विराटनगर, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाभित्र हुने घरजग्गाको कारोबार गर्दा अब अनुमति लिनुपर्नेछ…
निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष चेम्बरकाे आग्रह
आर्थिक परिवेशअसोज २४ , काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो । आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितीमा औद्योगिक…
सुरक्षाको खतरा बढेको भन्दै ऊर्जा उत्पादकहरुले गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारे
आर्थिक परिवेश१२ असोज काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् । उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको…
सरकारले २० वटा आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण
आर्थिक परिवेश१२ असाेज काठमाडौं । सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबलकार क्षेत्रका २० वटा आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको छ। त्यसताे सूचीमा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालित केबलकार आयोजना समावेश छन् । मुख्य प्राथमिकता प्राप्त आयोजनामा औद्योगिक ग्राम अन्तरगत बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी, जोरायल औद्योगिक ग्राम, डोटी रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजनामा दमक औद्योगिक क्षेत्र, झापा, मयुरधाप औद्योगिक क्षेत्र, मकवानपुर, शक्तिखोर औद्योगिक क्षेत्र, चितवन, लक्ष्मीपुर औद्योगिक…