सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति
आर्थिक परिवेश

१९ बैशाख,काठमाडौं।  सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। सोमबार महावीर पुनकाे टाेली र  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा शुक्रबारदेखि धर्ना गर्दै अाउनु भएकाे थियाे  । ७ बुँदे सहमति अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा उल्लेख छ। ‘आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने,’ सहमतिमा भनिएको छ। कोष सञ्चालनका लागि संसदमा विधेयक प्रस्तुत गर्ने पनि सहमति भएको हो। ६० दिनभित्र विधेयक तयार गर्ने पनि सहमति पत्रमा उल्लेख छ। संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास,…

भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री
आर्थिक परिवेश

१९ वैशाख, काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौँ। मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं।’’ ‘‘सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानविन हुनुप¥यो भन्दै तमासा…