नेपालमा उत्पादित हाईलेज घाँस चीनतर्फ औपचारिक रुपमा निर्यात
आर्थिक परिवेश३० असार, चितवन । नेपालमा उत्पादन भएको हाईलेज घाँस शनिवारबाट औपचारिक रुपमा चीनतर्फ निर्यात शुरु भएको छ । शनिवार चितवनको भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चीनिया दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हाइलेज निर्यात कार्यको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुभारम्भ गर्नु भयाे । निर्यात कार्यको शुभारम्भ गर्नु हुँदै गृहमन्त्री श्रेष्ठले चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको भयो । उहाँले हाइलेज निर्यातले नेपालको निर्यात सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको…
असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ : कृषि मन्त्रालय
आर्थिक परिवेश२९ असार, काठमाडाै । समयमा बर्षा नहुँदा असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि विभागले प्रदेशसंगको समन्वयमा तयार गरेको विभिन्न प्रदेशको असार २९ गते सम्मको धान रोपाइको तथ्यांक सार्वजनिक गर्दै त्यसताे जानकारी गराएकाे हाे । गत वर्ष २०७९ को असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसावले गत वर्षको यस अवधिको तुलनामा १२ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ । विशेषगरि मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा…
बन्द भएको चितवन मिल्क हाल दैनिक एक लाख लिटर दूध प्रशोधन गर्दै
आर्थिक परिवेश२६ असार, भरतपुर । नेपालकै सबैभन्दा ठूलो पाउडर दुधकाे प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गर्न थालेकाे छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुरयाएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताउनुभयो । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ रहेकाेमा असार महिनामा उद्योगमा दूधको अभाव छैन । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाका…
२१ असारसम्म करिब २७ प्रतिशत मात्र धान रोपाइँ
आर्थिक परिवेश२२ असार, काठमाडौं । समयमा देशका विभिन्न भागमा पानी नपर्दा असार २१ गतेसम्म मुलुकभर करिब २७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो भने यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले…
बर्षे खेतीको सिजनका लागि किसानलाई मल अभाव हुने मल आइपुगेन
आर्थिक परिवेश१९ असार, काठमाडौं। बर्षे खेतीको सिजनका लागि बजारमा यस पटक पनि किसानलाई मल अभाव हुने देखिएको छ । मल आयातको जिम्मेवारी पाएका सरकारी संस्थानहरु साल्ट ट्रेडिङ करपोरेशन र कृषि सामग्री लिमिटेडले समयमै आवश्यक मात्रामा मल आयात गर्न नसक्दा मल अभाव हुने स्थिति श्रजना भएको हो । दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेका छन् । तर पोटास मल भने हालसम्म आयात हुन सकेको छैन । चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार…