काँकडभिट्टा नाकाबाट मात्र भारतबाट  ५१ करोड ३१ लाखकाे कोदो आयात
आर्थिक परिवेश

१० साउन,  झापा। असारकाे  १० देखि  साउनकाे  १५ काे समय नेपालमा काेदाे राेप्ने समय हाे तर नेपालमा काेदाे राेप्ने चलन प्राय शुन्य जस्तै भएकाे छ । गत आव २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर  ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले गत बर्ष मात्र ५१ करोड ३१ लाख मुल्यकाे काेदाे भारतबाट आयात भएकाे बताउनु भयाे ।  काेदाे राेप्ने पूर्वी पहाडी जिल्ला तथा देशै भर काेदाेकाे राम्राे उत्पालन हुने भए पिन काेदाे राेप्न छाेडेर भारतबाट  आयात गरेर खान थालिएकाे छ  । पूर्वी…

काँकडभिट्टाबाट गत १ बर्षमा ६ अर्ब बढीको तरकारी र फलफुल आयात
आर्थिक परिवेश

९ साउन, झापा ।  एक वर्षको अवधीमा नेपालमा नै उत्पादन हुन सक्ने छ अर्ब भन्दा बढीको हरियो तरकारी र फलफुल पूर्वीनाका काँकडभिट्टाबाट नेपालमा आयात भएको छ । गत एक बर्षमा उक्त नाका हुदै ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैया बराबरको तरकारी र फलफूल आयात भएको हो । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख मूल्य बराबरका ताजा तरकारी आयात भएको जानकारी दिनु भयो । यस अवधीमा उक्त नाका हुदै दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरका फलफूल पनि आयात भएको छ…

सल्यान जिल्लामा साउन ५ गते सम्ममा ९८ प्रतिशत धान रोपाई सकियाे
आर्थिक परिवेश

६ साउन, सल्यान ।  सल्यान जिल्लामा साउन पहिलो सातासम्ममा ९८ प्रतिशत धान रोपाई सकिएको छ । आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाई सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहिकतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइ सकिएको जनाएको छ । कार्यालयका अनुसार गत वर्षको भन्दा यस वर्ष धान उत्पादनको क्षेत्रफल घटेको छ । गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट करिब ३० हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको थियो । गएको वर्षको तुलनामा यस बर्ष २२…

साउन ५ सम्म ६८ प्रतिशत मात्र रोपाइ सम्पन्न गतबर्षको भन्दा २० प्रतिशत कम
आर्थिक परिवेश

५ साउन, काठमाडौं ।   साउन ५ गतेसम्ममा मुलुकभर ६८ प्रतिशत रोपाइ सम्पन्न भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गत वर्ष २०७९ को श्रावण ५ गतेसम्म ८८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसावले गत वर्षको यस अवधिको तुलनामा यस बर्ष २० प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयले उल्लेख गरेको छ । यस अवधीमा मुलुकभरको १३ लाख ५७ हजार ८ सय १६ हेक्टरमा रोपाइ सकिएको छ । विशेषगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइमो कमी देखिएको मन्त्रालयले उललेख गरेको छ । कर्णाली प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको…

नेपालमा उत्पादित हाईलेज घाँस चीनतर्फ औपचारिक रुपमा निर्यात
आर्थिक परिवेश

३० असार, चितवन ।  नेपालमा उत्पादन भएको हाईलेज घाँस शनिवारबाट औपचारिक रुपमा चीनतर्फ निर्यात शुरु भएको छ । शनिवार चितवनको भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चीनिया दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हाइलेज निर्यात कार्यको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुभारम्भ गर्नु भयाे । निर्यात कार्यको शुभारम्भ गर्नु  हुँदै   गृहमन्त्री  श्रेष्ठले  चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको भयो । उहाँले हाइलेज निर्यातले नेपालको निर्यात सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।   गृहमन्त्री श्रेष्ठले हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको…