
यती विमान दुर्घटना : नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो
आर्थिक परिवेशकाठमाडौँ । पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबै भन्दा ठूलाे दुर्घटना रहेकाे पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यस अघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । फाइल फाेटाे नेपालमा भएको ठूलो दुर्घटना नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको जहाज दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको जहाज दुर्घटनामा ११३…

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि
आर्थिक परिवेश१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट शव निकालिदै
आर्थिक परिवेशकाठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहासमा १० जना विदेशी यात्रु रहेको बताइएको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट हुनुहुन्थ्यो भने…

पाेखरा विमानस्थलकाे भरपुर प्रयोगका लागि सरकारले काम शुरू गरयाे
आर्थिक परिवेशकाठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनु भयाे । उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्टरुपमा लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरिएको अथर्मन्त्रीले बताउनु भयाे । पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

नेपालकाे तेस्राे अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पाेखरेलीहरूकाे भव्य सहभागिता
आर्थिक परिवेशकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरामा नव निरमित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुग्नुभएको हो । उहाँका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि यहाँ हुनुहुन्छ । आइतबार भएको उद्घाटन कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिन पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिकेा सपना भएको बताउँदै सो विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक भएको पनि बताउनु भयाे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको…