स्टार्टअप कर्जा दिने प्रकृया शुरु १ अर्ब वितरण गरिने
आर्थिक परिवेश२४ बैशाख, काठमाण्डौ । सरकारले युवाहरुलाई उद्यमशिल बनाउन र नयाँ प्रविधिका उद्यम स्थापनामा आर्कषित गर्न दोस्रो चरणको स्टार्टअप कर्जा दिने प्रकृया शुरु गरेको छ । नेपाल सरकार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस बर्षका लागि स्टार्टअप कर्जा दिन विभिन्न ६ सय ६१ कप्पनीहरुलाई छनौट गरेको छ । छनौट भएका कम्पनीहरुले मागका आधारमा राष्ट्रिय बाणिज्य बैकबाट विना धितो ५ लाखदेखि २५ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसतो कर्जाको ब्याज भने ३ प्रतिशत मात्र तिरे हुने व्यवस्था रहेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले छनौट गरेका ६ सय ६१ कप्पनीहरुलाई कर्जाको लागि राष्ट्रिय बाणिज्य बैकमा सिफरिश गरेको छ । यस बर्षको स्टार्टअप…
चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण हुने
आर्थिक परिवेश२२ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको लामो समयदेखिको प्रयासपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायित्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरु गर्न लागिएको हाे । उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय…
सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु
आर्थिक परिवेश२२ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु गरिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले एक साता अघिदेखि रुख कटान भइरहेको जानकारी दिनुभयो। ‘एक हप्ता अघिदेखि रुख कटान सुरु भएको हो। अहिलेसम्म ५०० रुख कटान भइसकेका छन्, उहाँले भन्नुभयो , बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ।’ उहाँले रुख कटानका लागि ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताउनुभयो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सोही…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतकाे उत्तराखण्डमा
आर्थिक परिवेश२० बैशाख, कञ्चनपुर, सुदूरपश्चिम । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ । मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषि खेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो । पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक…
पेट्रोलियम, फलाम, तामा खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाउने छ : राष्ट्रपति
आर्थिक परिवेश१९ बैशाख, काठमाण्डौ । सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज)लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुँदै शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले ती दुवै निकायलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवद्र्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।…