शेयर बजारकाे परिसूचक तथा काराेबार रकम दुवैमा उच्च वृद्दि
आर्थिक परिवेश

१० मंसिर, काठमाडौँ । नेपाली धितोपत्र बजारकाे  कारोबार मापक नेप्से परिसूचक आइतवार  उच्च अङ्कले उकालो लागेको छ । यस दिन परिसूचकका साथै काराेवार रकममा पनि उच्च अंकले वढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार  नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ । नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर र दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन…

स्वदेशी, एनआरएनए र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

१० मंसिर, काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले भन्नुभयो, ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं । आइतबार अर्थमन्त्रालयमा निर्देशक समितिको पहिलो बैठकपछि मन्त्री डा. महतले भन्नुभयो, ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं ।’ सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो,…

चार महिनामा नेपालकाे व्यापार घाटा चार खर्ब ६१ अर्ब ९४ करोड
आर्थिक परिवेश

०८ मंसिर, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल  चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ । यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने  ५० अर्ब ५६ करोड ५३…

एसियाली विकास बैङ्कले १३ अर्ब ३३ करोड बराबर सहुलियतपूर्ण ऋण दिने
आर्थिक परिवेश

०८मंसिर,काठमाडौँ ।  सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबि) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा  आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैङ्कको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । “सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनः संरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ”, । सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरूमार्फत सार्वजनिक वित्त…

चार महिनामा सवा अर्बको सिमेन्ट र क्लिकंर निकासी,नगद अनुदानले बढ्याे सिमेन्टको व्यापार
आर्थिक परिवेश

०७ मंसिर,काठमाडौं।  चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट १ अर्ब १३ करोड रूपैया बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएकाे उल्लेख छ । नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म नेपाल सिमेन्ट र क्लिंकरमा परनिर्भरताकाे अवस्थामा थियो। विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख…