योजना आयोगले प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव माग्याे
आर्थिक परिवेश

२८ मंसिर, काठमाडौं ।   राष्ट्रिय योजना आयोगले प्रदेश सरकार तथा स्थानीय तहबाट आर्थिक वर्ष २०८३/८४ का लागि संघीय समपूरक अनुदान तथा संघीय विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ। शुक्रबार जारी सूचनाअनुसार सातै प्रदेश सरकार र स्थानीय तहलाई आगामी २०८२ माघभित्र आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत प्रस्तावसहितको विवरण पेस गर्न भनिएको हो। प्रस्ताव पेस गर्दा समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ मा उल्लेखित सर्त तथा प्रक्रिया अनिवार्य पूरा गर्नुपर्नेछ। सूचनाअनुसार जिम्मेवार पदाधिकारीबाट सर्त पूरा भएको प्रमाणीकरण फाराम भरी पेस गर्नुपर्नेछ। प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति/योजना आयोगको सिफारिससहित प्रदेश…

मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण
आर्थिक परिवेश

१६ मंसिर काठमाडौं ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गर्नुभएको हो । मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग…

सबै बचत तथा ऋण सहकारीहरुकाे अभिलेखीकरण शुरु
आर्थिक परिवेश

११ मंसिर, काठमाण्डौ ।    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अभिलेखीकरण बुधबारबाट शुरु गरेको छ । वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरेर प्राधिकरणले अभिलेखिकरणको प्रकृया शुरु गरेको हो । अभिलेखिकरणको लागि सफ्टवेयर तयार पारेर प्राधिकरणले सबै वचत तथा ऋण सहकारीहरुलाई अभिलेखिकरण हुन आग्रह गरेको छ । अभिलेखिकरण भएका सहकारीहरुलाई प्रधिकरणले अनलाइनको माध्यमबाट सञ्चालन इजाजत पनि उपल्बध गराउने व्यवस्था गरिएको छ । प्राधिकरणले बुधवार ललितपुरमा आयोजना गरेको सफ्टवेयर शुभारम्भ कार्यक्रममा आयोगका अध्यक्ष डा खगराज शर्माले फ्टवेयरको शुभारम्भ गर्दै सहकारीहरुको नियमन अनुगमन र सुपरीवेक्षणलाई सहज होस् भन्ने…

एमसिए नेपालबाट सबस्टेन र प्रसारण लाइन निर्माण शुरु
आर्थिक परिवेश

१० मंसिर, काठमाण्डौ ।   पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमसिए नेपाल मार्फत निर्माण हुने न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गर्नुभएको हो । अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एमसिसी र एमसिए नेपालको सहयोगबाट सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै लगेको अर्थमन्त्रीले बताउनु भयो । अमेरिकी राजदूत थम्प्सनले प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै…

बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार ६ खर्ब लाग्ने
आर्थिक परिवेश

९ मंसिर, काठमाडौं ।    सरकारले बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्तको लागत ४ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साथै मन्त्रालयले १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) समेत तयार पारेको छ । दुवै जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाकाे लगानी माेडालिटि  धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब…