नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त
आर्थिक परिवेश

१७ असोज ,काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । उहाँले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने  (२०८० असोज १७ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन…

नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनकाे सहमती
आर्थिक परिवेश

१० असाेज,काठमाडाै ।  नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ। लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरे। रि–निकोला मलेसियाको कम्पनी हो। लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो। सम्झौताअनुसार रि–निकोला ले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ। तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव…

नियामक संस्थाका प्रमुखबीचको भेटवार्ता वित्त र धिताेपत्र बजारकाे बारेमा छलफल
आर्थिक परिवेश

०८असाेज, काठमाडौं।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ।  अध्यक्ष हमालले गभर्नर अधिकारीलाई सोमबार राष्ट्र बैंक पुगेर भेट गर्नु भएकाे हाे । अधिकारी र हमालबीच बढ्दो ब्याजदर, सेयर धितो कर्जामा लगाइएको सीमा, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटीलगायत विषयमा छलफल भएको उहाँहरुका निकट स्रोतले जनाएका छन्। राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदरका कारण सेयर बजार बढ्न सकेको छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आएका छन्। उनले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीलाई बोलाएर बजार बढ्ने उपाय अवलम्बन गर्न पनि भनिसक्नु भएकाे …

ऊर्जा क्षेत्रलाई प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रूपमा अगाडि बढाउने सरकारकाे तयारी
आर्थिक परिवेश

२ असाेज, काठमाडाैं ।  मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रूपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आइतबार बुझाइएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाले ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने र सोही अनुसारको या्ेजना बनाउन सुझाव दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित कार्यदलले सन् २०२५ सम्म हालकै मागअनुसार पनि अधिकतम विद्युतको माग पाँच हजार चार सय ७४ मेगावाट बराबर हुने उल्लेख गरेको छ । जल तथा ऊर्जा आयोगले सन् २०१५ देखि २०४० सम्मका लागि कूल गार्हस्थ्य उत्पादनमा चार दशमलव पाँच…

वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छु : गभर्नर अधिकारी
आर्थिक परिवेश

 २ असोज , काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनु भएकाे छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात हुने र उक्त परिमाणको विद्युत निर्यात गर्न विकास गर्नुपर्ने विद्युत आयोजनाको लागि लगानीमा समस्या नहुने समेत बताउनु भयाे  । भेटमा  इप्पान अध्यक्ष गणेश कार्कीले बैंकले विद्युत आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नै पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गर्नु भएकाे थियाे । जवाफमा…