करिव ३ कराेडकाे नेसनल आइसिटी स्कलरसिप–२०८० का लागि आवेदन खुल्याे
आर्थिक परिवेश

भदौ ८, काठमाडौँ ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति  ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो । सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्नबर्गिय एवं जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । काठमाण्डौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट…

लगानी बोर्डको बैठकले ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत
आर्थिक परिवेश

०८भदाै,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको लगानी बोर्डको ५५ औँ बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २ सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोलमा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । बोर्डले माथिल्लो कर्णाली…

दिगो विकासका लक्ष्य हासिल गर्न जनसङ्ख्या र विकासका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड
आर्थिक परिवेश

 ३ भदौ,काठमाडौँ ।   सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि जनसङ्ख्या र विकासका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपिए)ले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आर्थिक विकास र समावेशितालाई प्राथमिकतामा राखेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप पहल कदम चाल्न सुझाएका हुन् । दिगो विकासका लक्ष्यमा नेपालले सबै महिला र किशोरीविरुद्ध जुनसुकै क्षेत्र र स्थानमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने जनाएको छ । बालविवाह, जबरजस्ती विवाहलगायत विषयमा गरिएका प्रतिबद्धता नेपालले पूरा गर्दै गएकाले त्यसलाई थप प्रभावकारी तुल्याउनुपर्ने देखिएको छ । यस्ता प्रतिबद्धता पूरा गरेर निर्धारित समयमा दिगो विकासका लक्ष्य पूरा…

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज हुन्छ : उद्योगमन्त्री रिजाल
आर्थिक परिवेश

२ भदाै, वीरगन्ज ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ । नेपाल आयल निगम वीरगञ्ज शाखाले शनिवारदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्नुहुँदै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरी बिक्री वितरणलाई सहज बनाउने बताउनु भएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उहाँले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्याङ्करमा ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जानकारी दिनुभयो । वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा,…

चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न आग्रह
आर्थिक परिवेश

३२ साउन, काठमाडौं।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न आग्रह गर्नुभएको छ । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोत लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गर्नुभयो । उहाँले ऊर्जा, पर्यटन पूर्वाधार,…