विदेश जाने मानसिकताबाट मुक्त हुन र स्वदेशमा अवसर खाेज्न युवा लाग्नु पर्छ : अर्थमन्त्री
आर्थिक परिवेश३१ साउन,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकास क्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेकाे बताउनु भएको छ । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुक्ष्म आँखा चाहिँयो ।’ विदेश जाने वित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्छ । यहाँ अवसर अथाहा छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्न अर्थमन्त्री डा.महतले जोड दिनुभयाे । ‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए…
निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न सकेन : अर्थमन्त्री महत
आर्थिक परिवेश३० साउन, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनुभएको छ । आन्तरिक राजस्व विभागले मंगलवार आयोजना गरेको ‘व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको सुझाव दिनुभयो । निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको…
सिर्जना भएका सबै दायित्व भुक्तानी हुन्छ अघि बढ्न नसक्ने ठेक्का ताेडिन्छ : अर्थमन्त्री महत
आर्थिक परिवेश२९ साउन, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल भयो । छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताउनु भयाे । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताउनुभयो । ‘कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाडैं काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ ।’ अर्थमन्त्री महतले भन्नुभयो । निर्माण व्यवसायीको…
नेपाल भारत लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
आर्थिक परिवेश२७ साउन,काठमाडौँ । दशौँ नेपाल – भारत लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक शनिवार सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) सहसचिव ए अजय कुमारले सहभागिता जनाउनुभयो । नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो । नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिट र भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षबाट प्रशंसा गरियो । साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकमा समीक्षा गरिएको थियो…
विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किनुस : अर्थमन्त्री
आर्थिक परिवेश२७ साउन, काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताउनुभएको छ । यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले उपयोग गर्नुपर्छ । ‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष्य जनशक्तिको अभाव सिर्जना भइसकेको छ । यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किन म युवाहरूलाइ अनुराेध गर्छु’, मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालमै छ, प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस् ।’ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था संजाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले भन्नुभयो,…