सुन ताेलाकाे एक लाख ४५ हजार पुग्याे
आर्थिक परिवेश

२५ जेठ, काठमाडौँ ।  नेपाली  बजारमा शुक्रवार  सुनकाे  मुल्य  तोलामा  एक हजार रूपैयाले बढेको छ । बिहीबार प्रतितोला  एक लाख ४४ हजारमा कारोबार भएको छाप भएकाे  सुन शुक्रवार   प्रतिताेला एक लाख ४५ हजारमा काराेवार भएकाे   छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यरस्तै, तेजाबी सुन बिहीबार तोलामा  एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४४ हजार तीन सय निर्धारण भै काराेवार भएको छ । चाँदीको मूल्य भने शुक्रवार   तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी शुक्रवार का लागि भने एक हजार नौ सय…

नेपाली बजारमा बिहिवार सुनकाे मुल्यमा नयाँ रेर्कड
आर्थिक परिवेश

२४ जेठ, काठमाडौँ । नेपाली बजारमा   बिहिवार सुनको मूल्य उच्च रकमले बढेर   एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला  एक लाख ४४ हजार रूपैया  पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला  एक लाख ४२ हजार दुई सय रूपैयामा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रूपैया र्निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य यस दिन  एक हजार आठ सय ५० निर्धारण गरिएको छ…

डेडिकेटेड र ट्रङकलाइन विवाद : करिब सात अर्ब बराबरको बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
आर्थिक परिवेश

२१जेठ, काठमाडौं । लामो समयदेखि विवादको विषय रहेको डेडिकेटेड र ट्रङकलाइनसम्बन्धी महसुल विवाद समाधान गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उर्जा मन्त्रालयले महशुल उठाउन प्राधिकरणलाई आइतवार निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । सोसम्बन्धी व्यहोराको पत्र ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई पठाइएको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवीनराज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको बताउनु भयो । लाल आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गत वैशाख २३ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ ले पनि विद्युतको बक्यौता असुल गर्न सरकारलाई…

बजेट सकारात्मक नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास : महासंघ
आर्थिक परिवेश

१८ जेठ, काठमाडौ ।  नेपाल उदयाेग  बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई अाउनु सकारात्मक  भएको बताएकाे छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको…

स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : परिसंघ
आर्थिक परिवेश

१८ जेठ, काठमान्डौं ।    नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर चासाे व्यक्त गरेकाे  छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएका छन् । सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं । हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै…