बिर्तामोडमा बुधवारदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार र कृषि तथा पर्यटन महोत्सव सुरु
आर्थिक परिवेश

  ०९ माघ   भद्रपुर, झापा ।    झापाको प्रमुख व्यापारिक शहर बिर्तामोडमा बुधवारदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार र कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ  । बुधवार दिउसाे  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले महाेत्सवकाे शुरु   गर्नुभयो । उहाँले व्यापार प्रवद्र्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सदैव सकारात्मक रहेको बताउनुभयो । व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक विर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको मुख्य प्रायोजन एपोलो पेन्ट्सले गरेको छ । विर्तामोड– ५ स्थित धर्मकाँटा रोडमा आयोजना गरिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गर प्रयोग गरिएको संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो । महोत्सवमा…

सुन ताेलाकाे एक हजार नौ सयले बढ्याे
आर्थिक परिवेश

०९ माघ काठमाडौँ  ।  नेपाली बजारमा बुधवार छाप  भएकाे सुनको मूल्य बढेर प्रतितोला  एक लाख ६० हजार रुपैया पुगेको छ । मङ्गलबार प्रतितोला  एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधवार  प्रतितोला  एक हजार नौ सयले बढेर  एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला  २० रुपैयाले बढेको छ । यस दिन  चाँदी प्रतितोला  एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई…

नेपालकाे व्यापार सात खर्ब २३ अर्ब ५८ करोड घाटामा
आर्थिक परिवेश

०८ माघ, काठमाण्डौ ।   चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा नेपालले सात खर्ब २३ अर्ब ५८ करोड १३ लाखको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ । यस अवधीमा नेपालले   नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गरेकाे थियाे  । गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ३१.७८ प्रतिशतले बढदा आयात सात प्रतिशतले बढेको छ यस अवधीमा व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ…

सुनकाे मुल्य  ताेलाकाे एक हजार ६०० रुपैयाले वृद्धि
आर्थिक परिवेश

   २८ पुष  काठमाडौँ ।    आइतवार नेपाली बजारमा सुनकाे मुल्य  उच्च  रकमले बढ‍ेकाे   छ   । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो । गत शुक्रवारको तुलनामा आज प्रतितोला सुनकाे मुल्य  एक हजार ६०० रुपैयाले ले वृद्धि भएको छ ।   सोही परिमाणको चाँदीकाे मुल्य पनि  १५ रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार  एक ताेला सुन १ लाख ५५ हजार ७०० मा कारोबार भएको…

बर्षभरीमा २ हजार ३ सय ९७ हजार किलो लिटर पेट्रोलियम पदार्थ आयात
आर्थिक परिवेश

२६ पुष,काठमाडौं ।     नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन पेट्रोल तथा मटिट तेलको आयात परीक्षणको रुपमा पाइपलाइनबाट ल्याउन शुरु गरेको छ । आवश्यक प्रकृया पुरा गरी छिट्टै पूर्ण रुपमा ल्याउने व्यवस्था गरिने नेपाल आयल निगमले बताएको छ । निगमले गत बर्षभरी २ हजार ३ सय ९७ हजार किलो लिटर पेट्रोलियम पदार्थ तथा ५२५ हजार टन एल पि जि ग्यास आयात गरेको जनाएको छ । नियमले देशभरभर विभिन्नस्थानहरुमा भण्डारा गृह तथा अन्य आवश्यक संरचनाको निर्मणको कामलाई तिब्रताका साथ अघि बढाएको नेपाल आयाल निगमका कार्यकारी निर्देशक डा. चण्डीका भट्टले जानकारी दिनु भयो । नेपाल आयाल निगमले शुक्रवार आफनो ५५औ…