नेपाल आयल निगमले मंगलवार रातीदेखि इन्धनकाे मुल्य घटायाे
आर्थिक परिवेश

२ वैशाख, काठमाडौं ।   नेपाल आयल निगमले मंगलवार रातीदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ  । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय…

काेरला  नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट छैन
आर्थिक परिवेश

कोरला ,मुस्ताङ।  मुस्ताड. जिल्लाकाे काेरला  नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमान्थाङ भएको कोरलानाका व्यापार प्रवर्द्धनसम्वन्धि छलफलमा मुस्ताङ भन्सार कार्यालयले उक्त जानकारी दिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितीमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीको उपस्थितमा व्यापार प्रवर्द्धनमा हाल देखिएका समस्या र त्यसको समाधानको बाटो पहिल्याउन छलफल भएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबिर गैरेले भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । नाका खुले पनि मुस्ताङ कार्यालयमा…

उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति
आर्थिक परिवेश

 २९ चैत्र,  काठमाडौँ ।    नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउन  काठमाडौँमा बिहीबारदेखि जारी  वार्ता शुक्वावार सम्पन्न भएको छ । दुइ देश बीच अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको वार्ता  दुवै पक्षले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै  निर्णय गर्दै सम्पन्र भएकाे छ । बैठकमा  दुबै देशका पदाधिकारीहरूले  ब्यापार  सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् । नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी…

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ: प्रधानमन्त्री ओली
आर्थिक परिवेश

२७ चैकाठमाडौँ । नेपाल उद्याेग बाणिज्य महासंघले महासङ्घको ५९ औँ वार्षिक साधारण सभा तथा बाणिज्य  दिवस बिहिवार विभिन्न कार्यक्रमकाे अायाेजना गरी मनाएकाे छ । साधारण सभा तथा बाणिज्य  दिवसकाे उद्घाटन गर्दै   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । उद्घाटन सत्रलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने संकल्प प्रकट भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्र विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गर्नुभयो । “सरकार र निजी क्षेत्रको हाम्रो सहकार्य नमुनाका रुपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश…

स्वदेशी उत्पादनको प्रवद्र्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड :उद्योगमन्त्री भण्डारी
आर्थिक परिवेश

 २७ चैत्र काठमाडाै‌  ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएकाे छ। नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारण सभा एवं चेम्बर दिवसमा बोल्दै उहाँले सरकारले नीति तथा कार्यक्रममार्फत स्वदेशी वस्तुको प्रवर्द्धन गरिरहेको बताउनु भयाे  । मन्त्री भण्डारीले उद्योग मेलाहरू, स्वदेशी उत्पादन प्रदर्शनीहरू र ई–कमर्स प्रवद्र्धन कार्यक्रमहरू मार्फत बजार पहुँच विस्तार गर्न सहयोग प्रदान गरिएको बताउनु भयाे  । ‘स्वदेशी वस्तु प्रयोग केवल भावनात्मक होइन, आर्थिक सुरक्षाको प्रश्न पनि हो । सरकार आफैँमा ठुलो उपभोक्ता भएकोले सरकारी खरिदमा स्वदेशमा उत्पादित वस्तुलाई प्राथमिकता दिइएको छ’, मन्त्री भण्डारीले भन्नु भयाे । उहाँले यस…