युएस डलर, बेलायती पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढयाे
आर्थिक परिवेश८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारकाे लागि निर्धारण गरेको विनिमय दर अनुुसार अमेरिकी डलर, बेलायतकाे पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । यस दिन अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । मंगलवार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको थियो । आज युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ…
अमेरिका—इरानबीच २ साताको लागि युद्धविराम
आर्थिक परिवेश२५ चैत, काठमाडौं । अमेरिका—इरानबीच २ साताको लागि युद्धविराम सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो आक्रमण गर्ने र सम्पूर्ण सभ्यतालाई ध्वस्त पार्ने धम्की दिएको केही घण्टापछि युद्धबिराम सम्झौता भएको हो । पाकिस्तानको मध्यस्थतामा युद्धबिराम भएको दुवै पक्षले जनाएका छन् । इरानका विदेशमन्त्री सैय्यद अब्बास अरागचीले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल मुनीरलाई धन्यवाद दिएका छन् । उनले भने—म दुई हप्ताका लागि इरानमाथि हुने बम विष्फोट र आक्रमण रोक्न सहमत छु । म इरानको तर्फबाट मेरा प्रिय दाजु पाकिस्तानका प्रधानमन्त्री शरिफ र फिल्ड मार्शल मुनिरलाई यस क्षेत्रमा युद्ध अन्त्य गर्न गरिएको अथक प्रयासको लागि धन्यवाद…
आईसिपीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन निर्देशन
आर्थिक परिवेश२२ चैत, काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वीरगञ्ज–रक्सौल एकीकृत सुरक्षा जाँच चौकी आईसिपीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै अहिले आवश्यक तयारी सुरु भएको छ । अर्थमन्त्रि डा.वाग्लेले नेपालकै महत्वपुर्ण भन्सार नाकाको रुपमा रहेको वीरगंज भन्सार आईसिपीको गत शुक्रबार स्थलगत निरीक्षण पछि भन्सार बिभागलाई तुरुन्त ‘यात्री शाखा’ (यात्रु टर्मिनल) सहित सञ्चालनमा ल्याउन निर्देशन दिनुभएसँगै त्यसको तयारी थालिएको वीरगंज भन्सारले जनाएको छ । यो नयाँ व्यवस्थाले तेस्रो देशका पर्यटकहरूलाई इमिग्रेशन तथा कस्टम–सम्बन्धी सबै सुविधा आईसीपि भित्रै उपलब्ध गराउनेछ, जसले नेपाल–भारतबीचको पर्यटन प्रवाहमा नयाँ गतिशीलता आउने अपेक्षा गरिएको छ । अर्थमन्त्री वाग्लेले “भारतीय र नेपाली नागरिकको सामान्य आवतजावत पहिलेझैँ मैत्री…
आठ महिनामा निर्यात २०.८ प्रतिशतले बढ्याे
आर्थिक परिवेश२० चैत,काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालबाट हुने निर्यात २०.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैकको पछिल्लो प्रतिवेदन अनुसार ८ महिनामा नेपालको निर्यात वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको…
इन्धनकाे मुल्यवृद्धि पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ
आर्थिक परिवेश२० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको निगमले जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९…