
माघमा आयात निर्यात दुवै घट्याे, व्यापार घाटा ८ खर्ब माथि
आर्थिक परिवेश०९ फागुन, काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा माघ महिनामा पनि सुधार हुन सकेन् । यस अवधीमा वस्तु तथा सेवाको आयात तथा निर्यात दुवैमा गिरावट यथावत नै रहेकाे छ । यस अवधीमा आयात घट्दा पनि सरकारले प्राप्त गर्ने राजश्वमा भने वृद्धि भएको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कले समीक्षा अवधिमा नेपालको कुल आयात २१ अर्ब २२ करोड १४ लाख रुपैयाँले घटेको छ । आठ महिनाको अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ छ । गत आवको ७ महिनासम्म ९ खर्ब १९ अर्ब १६ करोड ५३…

दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् किनबेच सम्झौता पिपिए खुल्ला
आर्थिक परिवेश०२ फागुन,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको हो । दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । आयोजनाको विद्युत् सुक्खायाम (मङ्सिर १५ देखि जेठ १५ सम्म) आठ रुपैयाँ ४० पैसा र वर्षायाम (जेठ १६ देखि मङ्सिर १५ सम्म) का लागि चार रुपैयाँ ८० पैसामा खरिद गरिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता टिफामा हस्ताक्षर
आर्थिक परिवेश२६ माघ, काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता टिफा भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाकाे पर्थमा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नु भएकाे छ । अस्ट्रेलिया भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानाएकाे छ । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राख्नु भएकाे थियाे । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको…

छ महिनामा नेपालबाट १४ अर्ब ८५ करोड ६९ लाखकाे निर्यात हुँदा २ खर्ब ९३ अर्ब ७९ करोडकाे आयात
आर्थिक परिवेश२२ माघ, वीरगञ्ज । वीरगञ्ज आईसिपी भन्सार नाका हुँदै चालु आर्थिक बर्षको ६ महिनामा भारत तथा तेस्रो मुलुक तर्फ गरी १४ अर्ब ८५ करोड,६९ लाख १६ हजार मूल्य बराबरका नेपाली उत्पादनहरू निकासी भएका छन् । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी भन्सार नाका हुँदै ३ अर्ब ५३ करोड ८५ लाख ५५ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ७ करोड ९२ लाख २२ हजार मूल्य…

छ महिनाकाे अवधिमा सात खर्ब रूपैयाकाे व्यापार घाटा अमेरिकासँगकाे व्यापार नाफामा
आर्थिक परिवेश०७ माघ, काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाकाे अवधिमा मुलुकले करिब सात खर्ब रूपैया बराबरकाे व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रूपैया बराबरको व्यापार घाटा भएको छ । विभागको तथ्याङ्कअनुसार छ महिनाकाे अवधीमा नेपालले आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात र ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रूपैया बराबरको मात्रै निर्यात भएको छ । गत आर्थिक वर्षको…