
ट्रङ्क तथा डेडिकेटेड लाइन काटिएका उद्योगको विद्युत् लाइन प्राधिकरणले जाेडिदिने
आर्थिक परिवेश२८ पुष, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यस बापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा शुक्रवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निणर्यबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निणर्य गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच करोडभन्दा बढी बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जोडिएको थियो । सञ्चालक समितिले नेपाल सरकारबाट गठित जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निणर्य नभएसम्मका लागि लाइन काटिएका उद्योगको विद्युत् लाइन सञ्चालन…

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्न सक्ने
आर्थिक परिवेश१९ पुष, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । यस क्रममा दुबै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि आजै हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच…

महिला उद्यमीहरूका स्थानीय उत्पादनलाई बजारीकरण गर्न प्रदेशस्तरीय प्रदर्शनी
आर्थिक परिवेश११ पुष, नेपालगन्ज । महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण गर्न नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ बाँकेले महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीहरूलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी गर्न लागेको जनाएको छ । सङ्घले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर हरेक वर्ष हुँदै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई यसपटक पनि निरन्तरता दिँदै पुस २४ देखि २८ गतेसम्म आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्न जानकारी दिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरूलाई उद्यमतर्फ आकर्षित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने उद्देश्य लिइएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा पोख्रेल…

डेडिकेटेड र टंकलाइन सम्वन्धमा न्यायोचित समाधान खोच्न चेम्बरको आग्रह
आर्थिक परिवेश१० पुष, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र टं«कलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसंग आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र टं्कलाइन विद्युत महसुलबारे विद्युत प्राधिरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरण र व्यवसयीबीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीम समेत यसले असर गर्ने निश्चित छ, ।’ प्राधिकरण र उद्योगीवीच समस्या समाधान नभए यसले रोजगारी र राजश्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ ।…

डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठनकाे माग
आर्थिक परिवेश०९ पुष, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । महासङ्घले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्याउन आयोग गठनको माग गरेको हो । महासङ्घले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासङ्घले जनाएको छ । महासङ्घले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका…