डेडिकेटेड र टंकलाइन सम्वन्धमा न्यायोचित समाधान खोच्न चेम्बरको आग्रह
आर्थिक परिवेश

१० पुष, काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र टं«कलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसंग आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र टं्कलाइन विद्युत महसुलबारे विद्युत प्राधिरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरण र व्यवसयीबीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीम समेत यसले असर गर्ने निश्चित छ, ।’ प्राधिकरण र उद्योगीवीच समस्या समाधान नभए यसले रोजगारी र राजश्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ ।…

डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठनकाे माग
आर्थिक परिवेश

०९ पुष, काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । महासङ्घले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्‍याउन आयोग गठनको माग गरेको हो । महासङ्घले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासङ्घले जनाएको छ । महासङ्घले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका…

स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश

०७ पुष,विराटनगर ।   राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको  छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…

अर्थतन्त्र प्रगति उन्मुख रहेकाले जनतालाई निरास बनाउने अभिव्यक्ति दिन नहुनेमा प्रमकाे जोड
आर्थिक परिवेश

०६ पुष, विराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा शुक्रवार देखि शुरु भएको विराट ट्रेड एक्सपोको उद्घाटन गर्नुहुँदै उहाँले गिरिजा प्रसाद कोइरालाको गृह नगर विराटनगरको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री दाहालले कार्गो रेल्वे सेवालाई नियमित बनाउन तथा विराटनगरको चक्रपथ निमार्णमा आफूले पहल गर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र प्रगति उन्मुख रहेकाले नेपाली जनतालाई निरास बनाउने अभिव्यक्ति कसैले दिन नहुनेमा उहाँले जोड दिनुभयो । मुलुकको समृद्धि, सामाजिक न्यायका निम्ति आफूले उल्लेखनीय रुपमा काम गरेको र सरकार अब नयाँ ढङ्गबाट अघि बढ्न लागेको उहाँको भनाइ थियो…

ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको   
आर्थिक परिवेश

०५ पुष, विराटनगर ।  मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घले आयोजना गर्न  लागेको ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा भोली (शुक्रवार)देखि सञ्चालन हुने एक्स्पोले मोरङ –सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई थप बढवा दिन  सहयोग पुग्ने जनाइएको छ । यस क्षेत्रको कृषि, पर्यटन, ठुला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने एक्स्पोमा २४० स्टल रहने मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले बताउनुभयो । अध्यक्ष रिजालले एक्स्पोमा स्वदेशी ठुला, मझौला साथै  भारत, बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरू एव उत्पादनकर्ताहरूको सहभागिता रहने बताउनुभयो ।…