पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार
आर्थिक परिवेशकाठमाडौँ । नेपाल पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको छ । करिब दुई वर्षको मेहनतपछि नेपाल राष्ट्र बैङ्कले तयार पारेको सूचकाङ्क शुक्रवार सार्वजनिक गरेको छ । अब हरेक तीन महिनामा सूचकाङ्क सार्वजनिक गरिने भएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क तयार पारिएको हो । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार काठमाडौँमा एक विशेष कार्यक्रममा नयाँ सूचकाङ्क सार्वजनिक गर्नुभयो । राष्ट्र बैङ्कले सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा…
‘खाद्य अधिकारको सुनिश्चितताका लागि उत्पादन बढाउन जरुरी’
reporterजनकपुरधाम । आम जनताको लागि नेपालको संविधानले ज्ञारेन्टी गरेको खाद्य अधिकार पुरा गर्नका लागि बनेको खाद्य सम्प्रभुता ऐन २०७५ लाई कार्यान्वयन गर्नका लागि निर्माणको अन्तिम चरणमा रहेको नियमावलीको सन्दर्भमा प्रदेश नंं २ मा आज बृहत् छलफल सम्पन्न भएको छ । सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश नंं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एवं विश्व खाद्य कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी हुनुभएका कृषि क्षेत्रका विज्ञहरूले खाद्यको अधिकार पुरा गर्नका लागि उत्पादनसँग जोडेर नियमावली बनाउनका लागि आग्रह गर्नुभयो । उहाँहरूले खाद्यको उत्पादन, बजारीकरण तथा विशिष्टीकरणको नीति बनाउँदा भौगोलिक अवस्थालाई दृष्टिगत गरेर मात्र बनाउनका लागि आग्रह गर्नु हुँदै प्रदेश…
अलैँचीको मूल्य बढ्यो, किसान–व्यवसायीलाई राहत
आर्थिक परिवेशझापा । ‘कालो सुन’ले परिचित कृषि वस्तु अलैँचीले तीन वर्षपछि केही सन्तोषजनक मूल्य पाएको छ । लगातार ओरालो लागेको मूल्यमा यस वर्ष वृद्धि हुन थालेपछि सम्बद्ध किसान–व्यवसायीले केही राहत महसुस गरेका छन् । यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले नेपाली अलैँचीले राम्रो मूल्य पाएको बताइएको छ । भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढ्दो रहेकोले नेपाली अलैँचीको मूल्य बढ्दै जाने अनुमान व्यवसायीहरूले गरेका छन् । अलैँची किनबेच हुने यो मुख्य सिजनमा पछिल्लो तीन वर्षमा प्रतिमन २२ देखि ३० हजार रुपैयाँ सम्ममा किनबेच भएको थियो भने यस वर्ष प्रतिमन ४५ हजारमाथि किनबेच भइरहेको निर्यातकर्ता बिर्तामोडका…
तरलता व्यवस्थाका निम्ति बैङ्किङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै
आर्थिक परिवेशकाठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैङ्कले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैङ्कले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैङ्कले यसअघि यही महिनामा दुई पटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैङ्क तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैङ्कले जनाएको छ । तरलता…
नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो
आर्थिक परिवेशकाठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो । झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताउनुभयो । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो । विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन…