सुनकाे मुल्य एकै दिन १३ सयले घट्याे
आर्थिक परिवेश

२७ माघ, काठमाडौं । नेपाली बजारमा शुकबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाले ङटेर काराेवार भएकाे  छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार छाप भएकाे  सुनको मूल्य एक लाख ३ हजार ६ सय रूपैयामा काराेवार भएकाे छ  ।  यस दिन तेजावी सनुको मूल्य एक लाख ३ हजार एक सय प्रतिताेला र  चाँदीको मूल्य तोलामा १ हजार २९० रुपैयाँमा कारेावार भएको छ । बिहीबार छाप भएकाे सुनको मूल्य एक लाख ४ हजार ९ सय थियाे । त्यस दिन तेजावी सुनको मूल्य एक…

सुनको मूल्य एकैदिन तोलामा १२ सयले बढेर आजसम्मकै उच्च मूल्य कायम
आर्थिक परिवेश

माघ १९, काठमाडौं।  बिहिवार नेपाली बजारमा सुनको मुल्यले अहिले सम्मको सबै भन्दा उच्च मुल्य बनाएर कारोवार भएको  छ । सुनको मूल्य एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्दै आजसम्मकै उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण  भएर कारोवार भएको छ। बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोवार भएको  छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर…

आयात निर्यात सहित ६ महिनामा नेपालको व्यापार घाटा १९.१५ प्रतिशतले घट्याे
आर्थिक परिवेश

माघ ९ , काठमाडौं ।  चालू आर्थिक वर्षको ६ महिनामा आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात ३२ प्रतिशतले घट्दा आयात २० प्रतिशतले घटेको देखिएको हो । भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको छ । ६ महिनामा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । त्यस्तै, आयात पनि २० दशमलव ६८ प्रतिशतले घटेको छ । ६ महिनामा…

विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा राेजगार बनाउने गरी काम गर्छु : मन्त्री भण्डारी
आर्थिक परिवेश

३ माघ,काठमाडौँ । नव नियुक्त  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्ने सम्बन्धी पहिलो निर्णय गर्दै मन्त्रालयमा पदबाहाली गर्नु भएकाे छ । यस अघि विना विभागीय जिम्मेवारीमा रहनु भएका मन्त्री भण्डारीले   अाज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे हाे । उहाँले पुस १० मा विना विभागीय मन्त्रीको शपथ लिनु भएकाे  थियाे। मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गर्नु भयाे  । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको समेत सहभागिता रहेकाे थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले…

आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिए, थप दुई वाणिज्य बैङ्क मर्जरको चरणमा
आर्थिक परिवेश

काठमाडौँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनु पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैङ्कको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैङ्कहरू मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभूति हुने गरी वाणिज्य बैङ्कको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैङ्क…