
चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात
आर्थिक परिवेश६ पुस,काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत्…

पेट्रोलीयम पदार्थमा मुल्य समायाेजन
आर्थिक परिवेश३० मंसिर, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र…

महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ
आर्थिक परिवेश२५ मंसिर, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ। हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन हुने भएको हो। मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ। जसमा अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ। हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै २ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए। तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो। ‘मंगलबार बसेको विषेश साधरणसभाले अञ्जन श्रेष्ठपछि अध्यक्षमा निर्वाचन हुने व्यवस्था गरेको छ,’ कार्यसमिति…

आईसिपी बीरगंजबाट तोकिएको लक्ष्यभन्दा झण्डै २९ प्रतिशत कम राजस्व असुली
आर्थिक परिवेश२१ मंसिर वीरगंज । वीरगंज भन्सार कार्यालय अर्थात् एकिकृत भन्सार जाँच चौकी आईसिपीले चालु आर्थिक बर्ष २०८१/०८२ को ४ महिनामा ५० अर्ब १७ करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन, भदौ, असोज र कार्तिकको लागि ७० अर्ब ४६ करोड ३० लाख ६४ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियाे । माल सामानको आयात चाडबाडमा समेत लक्ष्य अनुरुप हुन नसकेपछि चालु आर्थिक वर्षको ४ महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो । आईसिपी बीरगंजले तोकिएको लक्ष्यभन्दा झण्डै २९ प्रतिशत कम राजस्व…

नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने सरकार र निजी क्षेत्रले प्रतिवद्धता
आर्थिक परिवेश१९ मंसिर, बेजिड.ग चीन । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो । द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको…