नबिल बैंक लिमिटेडका ३८ नयाँ शाखा एक साथ सञ्चालनमा
आर्थिक परिवेश१८ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो। ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ। ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा…
व्यवसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश०८जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै ब्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताउनुभयो । उहाँले ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति नियम निर्माणगरी बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा महासंघको तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणिरत्न…
भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल राेमिड.महसुल घट्याे
आर्थिक परिवेश०२ जेठ, काठमाडाैं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा घटाउने भएको छ । मे १७ मा मनाइन आईटियु डे २०२३ को अवसरमा भोलि (२०८० जेठ ३ गते) देखि लागु हुने गरी नयाँ महसुल दर कायम गरेको हो । नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने…
राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारीलाई उत्कृष्ठ बैंक सेवा पुरस्कार प्रदान
आर्थिक परिवेश२५ बैशाख,काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफनो ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७÷०७८ र २०७८÷०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच पुरस्कार प्रदान गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गर्नुभयोे । कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८÷०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७÷०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद ५० हजार रूपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८÷०७९…
काठमाडौँ महानगरपालिकाले चैतसम्ममा ६२ दशमलव ३३ प्रतिशत राजस्व सकलन
आर्थिक परिवेश१६ वैशाख, काठमाडौ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ । उक्त रकम लक्ष्यको हो । गत आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनु भयो । गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजार रुपैया बढि राजस्व संकलन भएको हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने रु नौ…